animated ellipse animated ellipse

तीन जना साझेदार साथीको हत्या पछि खाडल खन्ने थप दुई जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ माघ २०७८, शनिबार १२:५६
6.72k
Shares
विराटनगर / मोरङको धनपालथान–७ र ललितपुरको ठोचेमा तीन व्यक्तिको हत्यामा संलग्न थप दुईजना पक्राउ परेका छन् ।

उनीहरुलाई मोरङ प्रहरीले गए राती पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको देवानगन्ज ६ का १८ वर्षिय हकिम मन्सुरी र मोरङको रंगेली ३ का ३० बर्षिय महमद सुभामलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवत्ता डिएसपि दिपक श्रेष्ठले जानकारी दिए ।

बिहीबार प्रहरीले मुख्य योजनाकारसहित तीन जना पक्राउ गरि शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको थियो । यस घटनामा मोरङ प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले हत्या आरोपमा मुख्य योजनाकार सिरहा नगरपालिका घर भई काठमाडौ बस्ने ३१ वर्षिय अनिलकुमार मण्डलसहित मोरङको जहदा गाउँपालिका ४ सिस्वनी बस्ने २९ वर्षिय अमित साह भनिने दिनानाथ सोनार र धनपालथान गाउँपालिका ७ कमलपुरका ६२ वर्षिय नासिर आलम छन् । पत्रकार सम्मेलन गरेपछि घटनामा थप संलग्न दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्ति हत्या गरेपछि उखुबारीमा खाडल खन्ने रहेको घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले जानकारी दिए ।

ललितपुरको क्यान्सर अस्पताल नजिक रहेको २५ रोपनी ७ आना जग्गा बैंक ग्यारेन्टी मिलाएवापत आउने १ करोड ५० लाख रुपैयाँ ‘कमिसन’ एक्लै हत्याउन मण्डलले फरक फरक मितीमा तीन जना साझेदार साथीको हत्या गरेको प्रहरीको अनुसन्धानदेखि खुलेको हो । मण्डलले आधा दर्जन भाडाका पेसेवर अपराधी झिकाएर एउटै शैलीमा तेह्रथमु संक्रान्ति २ घर भई काठमाण्डौ बस्दै आएका ६३ वर्षिय मोहन लिम्बु, सुनसरीको धरान घर भई भक्तपर बस्दै आएका ४८ वर्षिय राजेन्द्र श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका ४ घर भई काठमाण्डौं बस्दै आएका ३२ वर्षिय शम्भुकुमार चौधरीको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए ।

तीन जनाको हत्यामा आधा दर्जनको संलग्न रहेको मोरङ प्रहरीले जनाएको छ । यस घटनाकामा थप एक जना पक्राउ गर्न बाकी छ । फरार रहेकाको पनि खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर