पूर्वाञ्चल खबर
सवै भन्दा बढी झापामा १५२ जना संक्रमित थपिएका छन् । त्यस्ते सुनसरीमा १३२, मोरङमा ८६, धनकुटामा ७, संखुवासभामा ६, इलाममा ५, उदयपुरमा ३, ताप्लेजुङ र ते¥हथुममा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको विर्तामोडमा ४४, दमक र मेचीनगरमा २१–२१, भद्रपुरमा १९, अर्जुनधारामा १७, हल्दिबारीमा ९, कनकाईमा ६, बुद्धशान्ति र बा¥हदशीमा ३–३, कमलगाउँपालिका र गौरादहमा २–२, झापा गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४, सुनसरीको धरानमा ९२, इटहरीमा २२, बराहक्षेत्र र स्थानीय तह नखुलेका ५–५, रामधुनीमा ३, कोशी, बर्जु, हरिनगर, इनरुवा र गढीमा १–१ संक्रमित थपिएका छन् ।
त्यस्ते मोरङको विराटनगरमा ४८, केराबारीमा १४, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ४, उर्लाबारीमा ३, बुढीगंगा, कटहरी, रंगेली, लेटाङ, कानेपोखरी, धनपालथान र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, साँघुरीगढी, छथर र स्थानीयतह नखुलेका १–१, संखुवासभाको सिलोचोङमा ५ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा २, माई, चुलाचुली र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढी, त्रियुगा र स्थानीय तह नखुलको १–१, ताप्लेजुङको फुङलिङ र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको मेन्छेयाम र स्थानीय तह नखुलेका १–१, ओखलढुङ्गाको मानेभन्ज्याङमा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकको संख्या १३०३ पुगेको छ । जस्मा ३८८ महिला र ९१५ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा सवै भन्दा बढी सुनसरीका ११ जना संक्रमितको मृत्यु भएको छ भने मोरङका ३ जनाको मृत्यु भएको छ । त्यस्तै झापाका २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा ६३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३०८ महिला र ३३१ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार ७९७ पुगेको छ ।