RUMPUM
animated ellipse animated ellipse

जनप्रतिनिधिले गरेको आनाकानीले आफ्नै गाँउ परदेश लाग्योे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ जेष्ठ २०७७, बिहीबार १४:३०
3
Shares
विराटनगर / जनप्रतिनिधिले गरेको आनाकानीले आफ्नै गाँउ परदेश लागेको पाँचथर हिलिहाङ– २ का राजकुमार तामाङले गुनासो गरे ।

६१ दिनको भारत बसाईपछि नेपाल फर्केका तामाङ विराटनगर–१३ मा रहेको डिएभी स्कूलको होल्डिङ क्षेत्रमा सञ्चारकर्मीसँग गुनासो गरेका हुन् । अर्काको देशमा अत्यास लाग्दो बसाईपछि नेपाल फर्किन पाँउदा खुशी लागेको तामाङले आफ्नै गाँउ फर्काउन जनप्रतिनिधिले गरेको आनाकानीले आफ्नै गाँउ परदेश लागेको बताए ।

घर खर्च जोहो गर्न परिवारको उज्जवल भविष्यका लागि उनी करिब ४ वर्ष अगाडी हरियाणा (भारत) पुगेका थिए । उनी भारतबाट सिडिएममा सम्पर्क गरेर अररिया (भारत) सम्म आएर ४ दिन क्वारेन्टाईनमा बसे, त्यस पश्चात नेपाल–भारतको सिमाना जोगबनी हुँदे नेपाल आएका थिए ।

होल्डिङ क्षेत्रमा भेटिएका तामाङ र उनका दुई साथी ८ दिनदेखि होल्डिङ क्षेत्रमा बस्दा असुरक्षित रहेको बताउँछन् ।

कमाई जति सकियो, रित्तै घर फर्किए
१५ वर्षको उमेरदेखि भारत भित्रिएको बताउने तामाङको कमाई राम्रै चलिरहेको थियो । ठेलामा म.म चाउमिनलगायतका फास्टफुडको व्ययवसाय गर्ने गरेको उनी सुनाउँछन् ।

घर भाडा, आफु खाएर परिवारको घर खर्च पनि धान्न पुग्ने कमाई हुने गर्दथियो । कोरोना भाईरस संक्मण बढ्दो महामारीसँगै लकडाउनको घोषणा भएपछि उनको काम बन्द भयो ।

हरियानामा हुँदा कोरोना भाइरसको हल्लासँगै बाँचिएला भन्ने आशा निभेको उनले बताए । उनी भन्छन् ‘६१ दिनसम्म काम नगरी अलिअलि कमाएको पैसाले किन्दै खाँदै कोठा भित्र थुनिएर बस्दा, आफुसँग भएको पैसा पनि सकियो, घर रित्तै फर्किए ।’ उनी थप्छन् नेपााल त आईयो तर आफ्ै गाँउ परदेश लाग्न थाल्यो ।

कारोनाले आफ्नै गाँउ परदेश भयो 
पाँचथर खालेलुङका लालबहादुर ल्वाहार गत दुई महिना अगाडी रोजगारीका लागि भारतको युपी पुगेका थिए । काम राम्रैसँग चलिरहेको थियो ।

लकडाउनको घोषणा भएसँगै काम ठप्प भयो । केहि दिनसम्म कम्पनीको रेखदेखमा बसे । केहि दिनपछि कम्पनीले पनि थेग्न मुस्किल भएसँगै आफ्नै देश फर्किने निधो गरेर बाटो लागेको उनले सुनाए । उनले भने कम्पनिबाट नै गााडी बुकिङ गरेर पठाएकाले बाटोमा खासै अप्ठयारो महसुस गर्न पाईएने ।

उनी थप्छन् सँगै आएको साथीहरु आ– आफ्नो गाँउको क्वारेटाईन पुगे हामी पाँचथरका ३ जनालाई जनप्रतिनिधीले पनि आलटाल गरिरहेका छन् । उनी भन्छन् । ‘गाँउ नलगे पनि सरक्षाका लागि अन्तै विराटनगरको कुनै क्वारेन्टाइनमा बस्न पाए बाँचिन्थ्यो कि ? के गर्नु कारोनाले आफ्नै गाँउ परदेश भयो । ’

भोट माग्दा कर्णलीको दुख बुझछु भन्थे नेता खै बुझे ?
६ महिना नेपाल बस्छौ , ६ महिना भारत जान्छौ कर्णलीबासीको बाध्यता नै बनिसकेको चौकुनेका गणेश बहादुर शाहीले भने । उनी लगायत उनका २३ जना साथीहरु ३ महिना अगाडी भारतको फारबिसगञ्ज पुगेका थिए । घरखर्च धान्न अधिकांश कर्णली प्रदशेका पुरुषहरु भारत नै जाने गरेको शाहीले बताए ।

भारतमा नाईट गार्डको काम गर्ने गरेको उनले बताए । भएको पैसा लकडाउनले उतै खाँदै सकियो, वेखर्चि छौ उनले भने । उनी भन्छन् अर्काको देशमा के गरी बस्ने भनेर सबै साथीसँग गाडी बुकिङ गरेर बल्लतल्ल नेपाल आइपुगे पनि हामीलाई गाँउ फर्काउनका लागि हाामीले बनाएका नेताले वेवास्ता गरे ।

सुदुरपश्चिम, अछाम, कर्णली प्रदेशको गरी २८ जना डिएभी स्कूलमा रहेको होल्डिङ क्षेत्रमा बस्दै आएका छन् । आफ्नै गाँउ पुगेर क्वारेन्टाइनमा बस्न पाए पनि आनन्दको स्वास त फेरिन्थ्यो उनी भन्छन् ।

उनीहरुलाई आजसम्म जनप्रतिनिधीले वास्तासम्म नगरेको शाहीले गुनासो सुनाए । उनी भन्छन् ‘भोट माग्दा कर्णलीबासी र कर्णली प्रदेशको समस्यालााई बुझेर काम गर्छै भन्थे, नेताले खै हाम्रो समस्या बुझेका ?’

प्रदेश सरकारसँग समन्वय हुँदै
पाँचथर जिल्लामा हालसम्म कोरोना संक्रमित नभएकाले भारतबाट आएका नेपालीहरुलाई पिसिआर जाँच गराएर मात्रै गाँउ फर्काउने प्रदेश सरकारसँग समन्वय भईरहेको हिलिहाङ गाँउपालिकाका मेयर भवानी लिङदेनले बताए ।

उनको अनुसार केहि दिनमा विराटनगर होल्डिङ क्षेत्रमा रहेका पाँचथरका तीन युवाहरुको पिसिआर जाँच गराएर मात्रै गाँउ फर्काउने प्रदेशस सरकारको निर्णय भएको छ ।  भने कर्णली प्रदेशको प्रदेश सरकार र गाँउपालिकासँग विराटनगर होल्डिङ क्षेत्रमा रहेकोलाई सुर्खेतसम्म ल्याउने समन्वय भईरहेको कर्णाली प्रदेश चौकुने का वडाध्यक्ष राकेश टमाटाले मकालु खबरलाई जानकारी दिए ।

गाँउपालीकाले सुर्खेतसम्म ल्याउने र सुर्खेतबाट वडाले आ–आफ्नो गाँउको क्वारेन्टाइनमा राख्ने गाँउपालिका साथै प्रदेश सरकारसँग छलफल भइरहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर