animated ellipse animated ellipse

दुई करोडको लागतमा विराटनगर विमानस्थलमा ‘कन्भेयर बेल्ट प्रणाली’ सञ्चालन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ माघ २०७९, बुधबार १७:४८
189
Shares
विराटनगर / विराटनगर विमानस्थलले हवाई यात्रुको सुविधा अभिवृद्धि गर्ने योजना अनुरुप आजदेखि आगमन कक्षमा कन्भेयर बेल्ट प्रणाली( व्यागेज ह्याण्डलिङ्ग सिस्टम) सञ्चालनमा ल्याएको छ ।

मोफसलका विमानस्थलमा पहिलो पटक उक्त्त जडान गरिएको र यसको लागत दुई करोड तीन लाख ५१ हजार रहेको छ । उक्त्त प्रणालीले प्रतिघण्टा दुई हजार चार सय देखि चार हजारसम्म व्यागको स्वचालितरुपमा हवाई यात्रुको स्थानमा सेवा पु¥याउने छ ।

नेपाल नागरिक उड्डयन सेवा निर्देशनालयका उप महानिर्देशक हंशराज पाण्डेले आज विराटनगर विमानस्थलमा प्रणालीको उद्घाटन गर्दै यसबाट हवाई यात्रुले सहज र सरल रुपले सेवा प्राप्त गर्नुका साथै समय बचत हुने बताए ।

उड्डयन कार्यालयका व्यापार विभागका निर्देशक जगनार्थ निरौला, ,हवाई सुरक्षा विभागकाका देवचन्द्रलाल कर्ण,विराटनगर विमानस्थलका निर्देशक रिन्जी शेर्पा लगायतले यस क्षेत्रका विमानस्थलमा विश्वका आधुनिक प्रविधि जडान गरिएकोले हवाई यात्रा सुरक्षित रहेको सबैलाई विश्वास दिलाए ।

विराटनगर विमानस्थल प्रयोग गरी सन् २०२२ मा सात लाख ५९ हजार ३५७ जना हवाई यात्रुहरु आगमन र प्रस्थान गरि आफ्नो गन्तव्यतर्फ गरेका कार्यालयले जनाएको छ ।
उक्त्त अवधिमा आगमनतर्फ तीन लाख ७७ हजार ९८१ र प्रस्थानतर्फ तीन लाख ८२ हजार २७६ जना यात्रुहरुले विमानस्थल प्रयोग गरेका छन् ।

यस्तै सोही अवधिमा आगमनतर्फ छ हजार ७६६ र प्रस्थानतर्फ छ हजार ७६५ गरि जम्मा १३ हजार ५३१ विभिन्न कम्पनीका हवाई जहाजहरुले उडान भरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर