AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

यस क्षेत्रको विकास र समस्या समाधानका निम्ति आफु दिनरात जनताकै माझमा रहन्छु : पर्शुराम बस्नेत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ कार्तिक २०७९, शुक्रबार १८:१९
234
Shares
विराटनगर / मोरङ क्षेत्र नं. ६ (२) बाट नेकपा एमालेका उम्मेद्वार पर्शुराम बस्नेतले यस क्षेत्रका जनतासँगै आफ्नो भविष्य पनि जोडिएको बताएका छन् ।

आफु पनि यसै क्षेत्रको बासिन्दा रहेको भन्दै उनले यहाँका जनतालाई समस्या हुदाँ आफुलाई पनि हुने बताए । चुनावी अभियानका क्रममा क्षेत्रका जनताको घरदैलोमा पुग्दै बस्नेतले यस क्षेत्रको विकास र यहाँका समस्या समाधानका निम्ति आफु दिनरात जनताकै माझमा रहेर हिड्ने प्रतिबद्धता व्यक्त गरे ।

विकास निर्माण, सामाजिक समस्या हरेक हिसावले यस क्षेत्रका जनतासँग प्रत्यक्ष आफु जोडिने भएकाले आफ्नो र सन्ततीको भविष्यका लागि पनि इमान्दारिता पूर्वक काम गर्ने उनले बताए । यसअघि अन्यत्रका व्यक्ति उम्मेदवार बन्दा यहाँका जनताको भावना बुझ्न नसकेको सर्वत्र गुनासो आइरहेको बेला बस्नेतले भने ‘तपाईंका समस्या समाधान गर्न तपाईंकै क्षेत्रको उम्मेदवारलाई जिताउने दायित्व पनि तपाईंहरु कै हो ।’

दशकैदेखि यहि रहेर जनताका हरेक दुखसुखको साथी बन्दै आएको भन्दै उनले आफ्नो क्षेत्रका तमाम समस्याहरुलाई राम्रोसँग बुझेको बस्नेतले बताए । जनतालाई झुटो आश्वासन नदिने भन्दै क्षमता र कानुनले दिएसम्मको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले यस बाहेक तीनै तहको सरकारसंग समन्वय गरी जनताका समस्या समाधानका लागि लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर