AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सिंघीया, केसलिया करिडोर निर्माणसहित मीरगञ्ज पुल समस्याबारे मन्त्री कार्की र विहारका उपमुख्यमन्त्रीबिच छलफल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ माघ २०७८, शनिबार १७:०७
792
Shares
विराटनगर / विराटनगरको सिंघीया, केसलिया करिडोर र भारतको मीरगञ्ज पुलमा देखिएको समस्या समाधानको लागि भारतको विहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद र प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीबिच छलफल भएको छ ।

नेपाल भ्रमणमा रहेका विहारका उपमुख्यमन्त्री प्रसाद र मन्त्री कार्कीबिच भएको छलफलमा प्रदेश राजधानी विराटनगर हुँदै बग्ने दुई प्रमुख नदी सिंघीया र केसलियामा तटबन्धसहितको करिडोर निर्माणको विषयमा छलफल भएको मन्त्री कार्कीको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार प्रदेश १ को राजधानी विराटनगर भएर विहारतर्फ बग्ने सिंघीया र केसलिया नदीमा आउने बाढीले विहारतर्फका जनतालाई समेत दुःख हुने भएकोले व्यवस्थित तटबन्धसहितको करिडोर निर्माण गर्नुपर्नेमा मन्त्री कार्कीको जोड छ ।

यस्तै छलफलमा गत पौष २२ गतेदेखिनै रानी भन्सारबाट करिब चार किलोमिटर दक्षिण रहेको मीरगञ्ज पुलको विकल्प खोज्न मन्त्री कार्कीले आग्रह गरे। पुल भासिएपछि रानी नाकाबाट मालवाहक साधनबाट आयात–निर्यातनै रोकिएको छ । कुराकानीका क्रममा मन्त्री कार्कीले समस्या समाधानका लागि निर्माणाधीन अर्को पक्की पुल अविलम्ब सञ्चालन गरी आयात निर्यातमा सहयोग गरिदिन आग्रह समेत गरे ।

मन्त्री कार्कीले दुवै प्रदेशका सीमा नाकामा हुने गरेका आपराधिक गतिविधि नियन्त्रण गर्ने, भारतको विहारसँग जोडिएको सीमा नाकामा सुरक्षालाई व्यवस्थित बनाउने, दुई प्रदेशको सीमा क्षेत्रमा सामाजिक सद्भाव बढाउने विषयमा पनि सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ । खुल्ला सीमा नाकाका कारण दुई प्रदेशको सीमामा हुने गरेका अपराधिक गतिविधि नियन्त्रण चुनौतीपूर्ण रहेको भन्दै यसलाई व्यवस्थित बनाउन दुवै तर्फका सुरक्षा निकायलाई सजक गराइने मन्त्री कार्कीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर