animated ellipse animated ellipse

मेरिल्याण्डमा निवन्ध प्रतियोगिता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ मंसिर २०८१, मंगलवार १६:४८
63
Shares
विराटनगर / विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजले निवन्ध प्रतियोगिता आयोजना गरेको छ ।

कक्षा– ११ र १२ का विद्यार्थीहरुविच उक्त प्रतियोगिता आयोजना गरिएको हो । विद्यार्थीहरुभित्र भएको कलाको प्रस्फुटन गर्नका लागि उक्त प्रतियोगिता आयोजना गरिएको कलेजका निर्देशक भेषराज पोखरेलले बताए । मेरिल्याण्ड कलेजको वार्षिक क्यालेण्डर अन्तरगत नै अरु अतिरिक्त क्रियाकलाप जस्तै उक्त प्रतियोगिता आयोजना गरिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल बताए । उनी भन्छन, विद्यार्थीहरुमा धेरै अन्तरनिहित कलाहरु लुकेर बसेका हुन्छन् र त्यो कलालाई बाहिर ल्याउन कलेजले वर्षभरि विभिन्न प्रतियोगिता आयोजना गर्ने गरेको प्रिन्सिपल ढकाल बताए ।

प्रतियोगिता अंगे्रजी र नेपाली दुबै माध्ययममा आयोजना गरिएको थियो । प्रतियोगितामा नेपालीतर्फ मनस्वी अधिकारी प्रथम, प्रशान्तकुमार यादव द्वितिय, प्रज्ञा कटुवाल तृतिय र अनुजकुमार दासले चौथो स्थान प्राप्त गरेका थिए । त्यस्तै अंग्रेजीतर्फ नन्दनी चौरडिया प्रथम, निधि झा द्वितिय, कृष भगत तृतिय र दिलसा राजवंशी चौथो स्थान हाँसिल गर्न सफल भएका छन् ।

प्रतियोगितामा नेपालीतर्फको निर्णायक मनिष पोखरेल र अंग्रेजीतर्फको दिपेश भगतले गरेका थिए । यस अघि यसै महिना कलेजले ह्याण्डराइटिङ्ग, स्पीच, तथा हाजीरी जवाफ प्रतियोगिता सम्पन्न गरिसकेको छ । स्मरण रहोस् मेरिल्याण्ड ब्यवस्थापन शिक्षामा कोशी प्रदेशकै एक उत्कृष्ट शैक्षिक संस्थामा गनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर