RUMPUM
animated ellipse animated ellipse

आमाको हत्या गरी छोराले आफै घाँटी रेटेर आत्महत्या

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ जेष्ठ २०७७, बिहीबार १८:२९
3
Shares
विराटनगर / मोरङको बेलबारी नगरपालिका–४ काकुम बुधबारेमा एक युवाले आमाको हत्या गरेर आफैले घाँटी रेटेर आत्महत्या गरेका छन् ।

बेलबारी नगरपालिका ४ बुधबारेकी ५५ वर्षीया आमा देवीकुमारी लिम्बुको हत्या गरी ३० वर्षीय जीवनबहादुरले आज आत्महत्या गरेका हुन् ।

सामान्य विवादमा छोरा जीवनबहादुरले आमा देवीकुमारीको हत्या गरी आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुनसार जीवनले देवीकुमारीको टाउको र निधारमा छुरी प्रहार गरेर हत्या गरेका हुन् ।

आमाको हत्या गरेपछि हतारहतार गरी जीवनले छिमेकीको भान्सा घरमा छिरेर तरकारी काट्ने चक्कुले आफ्नो घाँटी रेटेर घाइते अवस्थामा भेटिएको ईप्रका वेलबारीका प्रहर िनिरिक्षक ऋषिराज ढकालले बताए ।

घाइते अवस्थामा भेटिएको जीवनको सामुदायिक नोबेल अस्पताल बेलबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीवन लागूऔषध प्रयोगकर्ता हुन् । हत्या र आत्महत्याको कारण लागूऔषध रहेको पाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर