AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

धरानमा १ सय १४ सहित प्रदेश १ मा थपिए ४ सय ४५ कोरोना संक्रमित, विराटनगरमा १ सय ९

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ आश्विन २०७७, बुधबार १७:५६
756
Shares
विराटनगर / प्रदेश १ मा आज ४४५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १ सय ९७, मोरङमा १ सय ८५, झापामा ४६, उदयपुरमा ६, धनकुटा र इलाममा १/१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा १ सय १४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४९ महिला र ६५ पुरुष छन् । सुनसरीकै इनरुवामा ४८, इटहरीमा १९, दुहवीमा ८, बराहक्षेत्र र बर्जुमा २–२, रामधुनी र हरिनगरमा १/१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

 

मोरङको विराटनगरमा १ सय ९, सुन्दरहरैचामा ३२, रंगेलीमा १६, पथरीशनिश्चरेमा ९, सुनबर्षीमा ६, बुढीगंगामा ४, बेलबारी र जहदामा २/२, कानेपोखरी, रतुवामाई, लेटाङ र कटहरी, ग्रामथानमा १/१ जनााम संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको भद्रपुरमा १३, दमकमा १०, मेचीनगरमा ७, विर्तामोडमा ५, बुद्धशान्ति र कनकाईमा ३/३ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उदयपुरको चौदण्डीगढी र बेलकामा ३/३, धनकुटाको शहिदभूमी र इलामको सुर्योदयमा १/१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ११ हजार ६ सय १५ पुगेको छ ।

प्रदेश १ मा आज १ सय ४२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय ३६, मेची अस्पतालबाट ४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार १५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर