कक्षा पाँचमा अध्ययरत वर्षा चौधरी र अमित सहनीलाई जनही १०÷१० हजार रुपैयाँको छात्रवृत्ती प्रदान गरिएको हो ।
उनीहरूलाई आज स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरि प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादव र कटहरी गाउँपालिका अध्यक्ष देबराज चौधरीले छात्रवृत्ती रकम प्रदान गरेका थिए । डा. गंगाराम चौधरीले स्थापना गरेका छात्रवृत्तिबाट स्कुलका उत्कष्ट हुने एक छात्र र एक छात्रालाई स्कुलले प्रत्येक वर्ष पुरस्कार वितरण गर्ने गेको छ ।
सोही अवसरमा नेपाल एजुकेशन पोर्टलका बिजनेश डाइरेक्टर बिकल्प चौधरीले महेशपुर आधरभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र ब्याग पनि बितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै कटहरी गाउँपालिका अध्यक्ष चौधरीले गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा स्थानिय सरकार लागि पर्ने बताए । उनले गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा योजना बनाए काम गर्न आफु लागि परेको बताए ।
तपाईको प्रतिक्रिया