AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा मृत भेटिए एक पुरूष

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ श्रावण २०७८, मंगलवार १०:२६
6.08k
Shares
विराटनगर / विराटनगर – ११ महेन्द्रचौकदेखि करिब ५० मिटर दक्षिण एक जना पुरूष मृत अवस्थामा फेला परेका छन् ।
स्वस्तिक होटल अगाडीको सटर बाहिर ४० देखि ४५ वर्ष उमेरका पुरूषको आज विहान ८ बजे मृत अवस्थामा शव फेला परेको हो ।

मृतक पुरूषको पहिचान अहिलेसम्म नखुलेको वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डिएसपी दिपक कार्कीले जानकारी दिए । मोरङ प्रहरीका मुद्दा फाटका प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएर गएको छ । गहुगोरो वर्णका मृतक पुरूषको टाउँकोमा चोटपटक लागेको छ । उनी सोमबार राती लडेको र स्थानियले प्राथामिक उपचार गरिदिएको बताएका छन् । उनी विराटनगरमा सडक पेटिकामा सुत्ने गरेका थिए ।

मृतकको शव पोस्माटम गर्न विराटनगरस्थित कोशी अस्पताल लगिएको छ । मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले घटनाको अनुसन्धान भइरहेको जानकारी गराए । ‘घटना मुचुल्का उठाएर शवलाई पोस्माटम गरिन अस्पताल पठाएको छ,’ उनले भने, ‘अहिलेसम्म मृतकको पहिचान भइसकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर