खबर पूर्वाञ्चल
विराटनगर च्याप्टरका अध्यक्ष सञ्जीव सिग्देलको नेतृत्वमा पूर्वअध्यक्ष सृजन प्याकुरेल र वर्तमान कार्यसमिति सहितको टोलीले जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेर प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसँग भेटवार्ता एवम् परिचयात्मक कार्यक्रम गरेको छ ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी यादवले युवा उद्यमी मञ्चको नवनिर्वाचित कार्यसमितिलाई बधाई एवम् शुभकामना व्यक्त गर्दै उदाहरणीय काम गरेर देखाउन सुझाव दिए । प्रमुख जिल्ला अधिकारी यादवले व्यापार व्यवशाय वा अन्य कुनैपनि समस्या भए जानकारी गराउन उद्यमीको टोलीलाई आग्रह गर्दै आफुले सकेको सहयोग गर्ने पनि आश्वासन दिए।
भेटमा मञ्चका विराटनगर च्याप्टरका अध्यक्ष सिग्देलले सहयोगी भावना र सुझावकालागि प्रजिअ यादवलाई धन्यवाद दिए। अध्यक्ष सिग्देलले अब चाँडै युवा व्यवशायीसँग छलफल गरेर व्यापार व्यवशाय क्षेत्रमा देखिएका समस्या समाधानकालागि बुँदागत रुपमा उठाएर प्रमुख जिल्ला अधिकारी यादवलाई बुझाउने बताए।