खबर पूर्वाञ्चल
नेवा ः दय् दवू विराटनगर ३ नम्बर वडाले विराटनगरमा मंगलबार एक कार्यक्रम आयोजना गरी याःमरी पूर्णिमा मनाएको हो ।
नेवार समुदायले ठूलो चाडका रूपमा याःमरी पूर्णिमा मनाउने गर्छन् । यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ । यःमरी बनाउन बिहानदेखि घरघरका महिला व्यस्त भए । उनीहरुले बिहान स्नानपछि घरमा लिपपोत गरी यःमरी बनाएका थिए । बनाएको याःमरी विराटनगर –१ पुष्पलाचोकमा एक कार्यक्रम आयोजना गरि सहभागि भएका अतिथिहरुलाई याःमरी खुवाएका थिए ।
यःमरी पुन्हिका दिन गृहणीहरु शुद्ध भएर चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुदपाक, खुवा राखी क्रिकोण आकारमा बनाई पानीको बाफमा पकाउने गरिन्छ ।
सोही अवसरमा नेवा ः दय् दवू विराटनगर ३ ले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ९४ वर्षीय उदिपनारायण प्रधान र ९२ वर्षीया धनतकु प्रधानलाई सम्मान गरिएको छ । उनीहरुलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । कार्यक्रममा नेव ः देय् दवु विराटनगर ३ का अध्यक्ष दानबाहादुर श्रेष्ठ, विराटनगर ३ का नेवा देय् दवु मोरङ जिल्ला अध्यक्ष सुरेशकुमार श्रेष्ठ, झी ः पुच विराटनगरका अध्यक्ष भविसकुमार श्रेष्ठ, विराटनगर ३ का वडाअध्यक्ष बासु बस्नेत, विराट नेवाः पुचका अध्यक्ष जयकुमार श्रेष्ठ, नेवा ः देय् दवुका सल्लाहकार खगेन्द्र श्रेष्ठलगायतको उपस्थिती रहेको थियो । उनीहरुले आफ्नो आफ्नो भाषा, संस्कृति संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए ।
तपाईको प्रतिक्रिया