RUMPUM
animated ellipse animated ellipse

विद्यार्थी परिषद् कोशी प्रदेशको चौथो अधिवेशन दमकमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ फाल्गुन २०८०, बुधबार १९:३६
63
Shares
विराटनगर / प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कोशी प्रदेशको चौथो अधिवेशन झापाको दमकमा हुने भएको छ । आगामी चैत्र १, २ र ३ गते परिषद्को अधिवेशन हुन लागेको हो ।

अधिवेशनमा नयाँ कार्यसमिति चयन गर्नका साथै विभिन्न विषयमा छलफल तथा सुझाव संकलन गरिने परिषद्ले जनाएको छ ।

अधिवेशनमा कोसी प्रदेशका १४ वटै जिल्लाबाट परिषद्मा आवद्ध विद्यार्थी, शिक्षकसहित करिब २ सय जनाको उपस्थिति रहने जनाइएको छ ।

परिषद्ले तेस्रो प्रदेश अधिवेशन गत वर्ष चैतमा सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा सम्मन्न गरेको थियो भने पहिलो र दोस्रो अधिवेशन सुनसरीको धरान र इटहरीमा सम्पन्न गरेको थियो ।

परिषद्ले मधेश प्रदेशमा चौथो अधिवेशन सम्पन्न गरिसकेको छ भने अन्य प्रदेशमा अधिवेशनको तयारी गरिरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर