मोरङमा तीन विद्यालयलाई प्रतिबन्ध

खबर पूर्वाञ्चल, २४ असार २०७७, बुधबार २१:०१

वेलबारी / मोरङको बेलबारी नगरपालिकाभित्र सञ्चालित ३ वटा विद्यालयलाई सञ्चालनमा नगरपालिकाले प्रतिबन्ध लगाएको छ ।

नेपाल सरकार तथा स्थानीय सरकारका कुनै पनि नियमनकारी निकायबाट अनुमति नलिई सञ्चालन गरेको विद्यालयलाई नगरपालिकाले प्रतिबन्ध लगाएको हो । नगरपालिकाले बेलबारी वडा नम्बर ८ को श्री अन्नपूर्ण हिमाल अङ्ग्रेजी बोर्डिङ स्कूल, वडा नम्बर ९ बाहुनीस्थित श्री ज्ञानज्योति बोर्डिङ स्कूल र वडा नम्बर १० स्थित श्री डाँगीहाट क्रिष्टल एकेडेमीलाई कक्षा सञ्चालनमा प्रतिबन्ध गरेको छ ।

बेलबारी नगरपालिका नगर शिक्षा समितिको बैठकको निर्णयअनुसार अनुमति नलिई सञ्चालन भएको विद्यालयका सबै कक्षाहरू बन्द गरिएको र सम्बन्धित विद्यालयलाई सार्वजनिक स्थानमा बन्द भएको सूचना टाँस गरी प्रमाण पेश गर्नसमेत निर्देशन दिइएको छ ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५