AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

तेली कल्याण समाज नेपालको गरेयो रक्तदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ आश्विन २०८०, शनिबार १७:५७
189
Shares
विराटनगर / तेली कल्याण समाज नेपालले आसन्न चाडपर्वको अवसरमा शुभकामना आदानप्रदानसहित रक्तदान शिविर आयोजना गरेको छ ।

दुई चरणमा गरिएको सो कार्यक्रमको पहिलो चरणमा रक्तदान कार्यक्रम राखिएको कार्यक्रम संयोजक जगतलाल साहुले बताए ।

नेपाल रेडक्रस सोसाईटी मोरङको प्राविधिक सहयोगमा गरिएको सो रक्तदान कार्यक्रममा ५१ पिन्ट रक्त संकलन भएको छ । शिविरमा समाज आबद्ध पदाधिकारीसहित सर्वसाधारणले रक्तदान गरेका थिए ।

समाजले आफ्नो क्यालेण्डेरमा उल्लेख गरेका कार्यक्रमहरु मध्ये यो कार्यक्रम पनि रहेको र रगतको माग दिनानुदिन बढदै गएको तर आपुर्ति कम भईरहेको अवस्थालाई मध्यनजर गरेर रक्तदान आयोजना गरिएको तेली कल्याण समाज नेपालका मोरङ अध्यक्ष डा. बालकृष्ण साहले बताए।

रक्तदान लगतै सोहि स्थानमा वडादशै, दिपावली तथा छठको शुभकामना आदानप्रदान कार्यक्रम पनि राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर