AArya
animated ellipse animated ellipse

प्रदेश सकारले पहिचान पक्षधरसँग वार्ता गर्न सफल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ माघ २०८०, शुक्रबार १५:१५
153
Shares
विराटनगर / कोशी प्रदेश सरकारले पहिचान पक्षधरसँगको वार्ता सकारात्मक रूपमा अघि बढाउन सफल भएको छ ।

प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत ढंगले प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण वनाउन संयुक्तरूपमा पहल गर्ने सहमति भएको छ ।

पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार, आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा प्रदेश सरकारले फिर्ता लिने र फाल्गुन १० गते अगाबै दुबै पक्षको सहमतिमा पुनः वार्ताका लागि मिति तोक्ने सहमति भएको वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले बताएका हुन् ।

यो वार्ताले प्रदेशमा शान्तिपूर्ण वातावरण बनेकोले विकास समृद्धिको कामले तिव्रता पाउने मुख्यमन्त्री केदार कार्कीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर