RUMPUM
animated ellipse animated ellipse

मोरङ प्रहरी कार्यालयका थुनुवा महिलालाई फेन र डिस्पेन्चर मेसिन सहयोग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ फाल्गुन २०७८, आईतवार २०:३१
504
Shares
विराटनगर / जिल्ला प्रहरी कार्यालय मोरङमा थुनुवा महिलाका लागि पैंत्तीस थान पंखा र पानी चिसो तथा तातो पार्ने डिस्पेन्चर मेसिन हस्तान्तरण गरिएको छ ।

नेपाली कांग्रेस प्रदेश नम्बर एककी सांसद बिन्दिया कार्कीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ती सामग्री एक कार्यक्रमबीच आइतबार जिल्ला प्रहरी कार्यालय मोरङलाई हस्तान्तरण गरिन् ।

सांसद कार्कीका अनुसार थुनुवा महिलालाई गर्मीमा सहज होस भन्ने उद्देश्यसाथ तीस सिलिङ फेन, पाँच वटा टेबुल फेन र दुई डिस्पेन्चर मेसिन सहयोग गरिएको बताइन । उनले भनिन्,“प्रहरीको हिराससम्म आईपुग्ने र थुनुवा कक्षमा रहनुपर्ने महिलालाई सहज होस भन्ने उद्देश्यसाथ सहयोग गरिएको हो ।” कार्कीले अघिल्लो वर्ष साठी थान खाट उपलब्ध गराएकी थिइन ।

सांसद कार्कीबाट सहयोग स्वरुप प्राप्त सागम्री बुझ्दै जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन शर्माले थुनुवाहरुको बसाई सहज होस भनेर गरिएका सामग्रीको उचित प्रयोग गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर