animated ellipse animated ellipse

प्रतिभा फुटबल क्लब दोस्रो मिल्स गोल्डकपको उपाधि नजिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ चैत्र २०७८, बुधबार १९:२५
279
Shares
तस्वीर : पुष्पराज थपलिया
विराटनगर/ गोलबजारको प्रतिभा फुटबल क्लब सिरहा दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । गोलबजारले शुक्रबार हुने फाइनलमा घरेलु टोली साइनो स्पोटर्स क्लवसँग प्रतिस्पर्धा गर्ने छ ।

अफिकन खेलाडिले भरिएको गोलबजारले आज विराटनगरस्थित जुट मिलको खेलमैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा दमक एकेडेमी झापालाई ६ –१ को फाराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको होे ।

गोलबजारका अफिकन खेलाडि अलमान, कुलदेव कार्की, , संजिव कार्कीले गोल गरे । गोलबजारका अफिकन खेलाडि अलमानले ह्याट्रिकसहित तीन गोल गरेका थिए ।

पहिलो हाफदेखि दबाफमा राखेकोे गोलबजारले खेल सुरु भएको तीन मिनेटमै गोल गरि अग्रता लिएको थियो । खेल सुरु भएको तीन मिनेटमा गोलबजारले फल पाएपछि कुलदेव कार्कीले प्रहार गरेको फ्रिकिक गोलमा परिणत भयो । गोलबजारले पहिलो गोल गरेको चार मिनेट बित्न नपाउँदै ७ औं मिनेटमा बिनु आलेले निकालिएको बल अफिकन खेलाडि अलमानले हेड गरेको बलले जाली चुम्यो ।

पहिलो हाफमा दुई गोल भएपछि दबावमा परेको झापाले खेलको १३ औं मिनेटमा राजन धिमालले गोल फर्काए । पहिलो हाफको थप गरिएको अतिरिक्त समयको अन्तिम मिनेटमा आत्मघाति गोल भएपछि गोलबजारले ३–१ गोलले अग्रता लियो । गोलबजारका सन्जित कार्कीले दायाँ कर्नरबाट गरेको प्रहार झापाका डिफेन्डर ओमप्रकास तामाङले बल रोक्न खोज्दा गोलमा परिणत भयो ।

दोस्रो हाफदेखि एकपक्षिय खेल पस्किएको गोलबजारले खेलको ५० औं मिनेटमा सुजित कार्कीले कर्नरबाट निकालिएको पास अफिकन खेलाडि अलमानले गोल गरेका थिए । खेलको ७३ औं मिनेटमा नरेश राईले कर्नर साइटबाट निकालिदिएको क्रस पासलाई संजिव कार्की गोल गरेका थिए । खेलको ७८ औं मिनेटमा गोलबजारका अलमानले गोल गरि टिमको जित सुनिचित गर्दै ह्याट्रिक पुरा गरे ।

खेलको ७० औं मिनेटमा गोलबजारका संजिक कार्की कडा प्रहार बाहिरयो । ७७ मिनेटमा झापाका राजन धिमालले प्रहार पोसमाथिबाट बाहिरायो । खेलको म्यान अफ द म्याच गोलबजारका अफिकन खेलाडि अलमान घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर