MERRYLAND
KANTIPUR COLLEGE

झोराहाट नाट्य समूहमा चारजना स्रष्टा प्रस्तुत

खबर पूर्वाञ्चल, १४ श्रावण २०७९, शनिबार १८:५९
531
Shares

विराटनगर / झोराहाट नाट्य समूहले हरेक महिनाको दोस्रो शनिबार आयोजना गर्ने साहित्यिक शृंखलामा चारजना स्रष्टा प्रस्तुत भएका छन् ।

साउन महिनाको शृंखलामा चारजना कवि तथा गजलकार प्रस्तुत भएका हुन् । समूहको सभाहलमा आज आयोजित कार्यक्रममा कवि एवं गजलकार हरि कट्टेल, लीलानाथ सिलवाल, युवराज ठकुरी अज्ञानी र रोमा लम्साल प्रस्तुत भए । उनीहरूले कविता र गजल प्रस्तुत वाचन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मकालु साहित्य समाज संखुवासभाका अध्यक्ष साहित्यकार ताराबहादुर बुढाथोकीले चारैजना कविलाई खादा ओढाएर मायाको चिनोसमेत प्रदान गरे । सो अवसरमा बोल्दै अध्यक्ष बुढाथोकीले झोराहाट नाट्य समूहले सरकारबाट सहयोग प्राप्त काठमाडौंका सांस्कृतिक संस्थालगायतलाई समेत चुनौती दिएको बताए । “काठमाडौंभन्दा बाहिर पनि आफ्नै बलबुताले संस्थामार्फत स्तरीय कार्यक्रम गर्न सुकिन्छ भन्ने उदाहरण झोराहाटले पेश गरेको छ,” बुढाथोकीले भने, “झोराहाट साहित्य र कलाकारिताको एउटा महत्वपूर्ण संस्था बनेको छ ।”

झोराहाट नाट्य समूहले पूर्वसहित विभिन्न क्षेत्रका कविहरूलाई मञ्च उपलब्ध गराउँदै आएको अध्यक्ष भरत गुरागाईं बर्बरिकले जानकारी दिए । समूहले साहित्यसँगै नाट्य क्षेत्रमा समेत काम गर्दै आएको छ । मासिक साहित्यिक शृंखलासहित बेला–बेला नाटक मञ्चन र नाट्य लेखन र अभिनयको प्रशिक्षणसमेत सञ्चालन गर्दै आएको समूहका सचिव छत्र काफ्लेले बताए । समूहलाई भानु जयन्तीका अवसरमा नेपाल सरकारले १ लाख राशिको गोपालप्रसाद रिमाल राष्ट्रिय कलाकारिता पुस्कार प्रदान गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

SAGARMATHA
GREENLAND
Export
ORCHID
ARNIKO
Arya-hospital-add-banner
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५