पूर्वाञ्चल खबर
जिल्ला प्रशासन कार्यालयका अनुसार दिउँसो २ वजे सम्म ३२ दशमलव १३ प्रतिशत मतदान भएको हो । ७ लाख ८३ हजार ५० जना मतदाता रहेको मोरङमा २ लाख ९२ हजार ४२५ जनाले मतदान गरेका हुन ।
प्रशासन कार्यालयका अनुसार मोरङ १ मा ३८ दशमलव ६१, २ मा ३७ दशमलव ४५, ३ मा ३१ दशमलव १८, ४ मा ३८ दशमलव ७६, ५ मा ४३ दशमलव ३० र ६ मा ३७ दशमलव १४ प्रतिशत मतदान भएको छ ।
मोरङमा ८८८ मतदान केन्द्रहरुमा उत्साहजनक रुपमा मतदान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।