जोखिममा रहेका ५ दर्जन बढी बालबालिकाको परिवारलाई खाध्य सामग्री हस्तान्तरण

खबर पूर्वाञ्चल, ६ असार २०७८, आईतवार १९:११

विराटनगर / साझा सवालका लागि साझा मञ्च (कोकन) सुनसरीले ५ दर्जन बढी बालबालिकाहरुको परिवारलाई खाध्य सामग्री र स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेको छ ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा कोकनले कोभिड १९ बाट प्रभावित भएका र जोखिममा रहेका ६९ बालबालिकाका परिवारलाई खाध्य सामाग्रीसहित स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराएको हो ।

कोकनले हरिनगरमा १४, देवानगञ्जमा १, बर्जुमा १७, गढीमा–४ दुहबीमा १ र रामधुनीमा ३२ गरी ६९ जना जोखिममा रहेका बालबालिकाका परिवारलाई खाध्यान्न सामग्री उपलब्ध गराएको कोकन अध्यक्ष मञ्जिता उपाध्यायले जानकारी दिए । उनका अनुसार चामल ५० केजी, अण्डा १ क्यारेट, पिठो ५ केजी, दाल ६ केजी, चना ३ केजी, सोयाबिन आधा केजी, तोरीको तेल ५ लिटर, चिनी ३ केजी, चियापत्ति आधा केजी, नुन २ केजी, नुहाउने साबुन ५ वटा, लुगा धुने साबुन ५ वटा, सरफ १ केजी, दन्तमन्जन १ थान, सेनिटरी प्याड ३ प्याकेट, सर्जिकल माक्स २ प्याकेट, सेनिटाइजर १ लिटर लगायतका खाध्यान्नसहितको स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरिएको छ ।

महिला, बालबालिका र सिमान्तकृत समुदायको हकअधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको कोकनले जोखिममा रहेका बालबालिकाको तथ्याङ्क संकलन गरी सुनसरीका चार गाउँपालिका र दुई नगरपालिकाका ६९ घर परिवारलाई खाध्यान र स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराएको कार्यक्रम संयोजक हेमन्तराज पौडेलले बताए । कोरोना संक्रमणबाट बच्नका लागि मास्कको प्रयोग गर्न, सेनिटाइजरको प्रयोग, सामाजिक दुरी कायम र समय–समयमा साबुन पानीले हात धुने कुरामा ध्यानदिन पनि आग्रह गरिएको पौडेलले बताए ।

कोकनले कोरोना संक्रमणको दोश्रो लहरले व्यापकता पाएसंगै संक्रमित व्यक्तिहरुका लागि सहायता कक्ष र मनोसामाजिक समस्या भएकाहरुका लागि मनोविमर्श सेवा पनि सञ्चालनमा ल्याएकोे अध्यक्ष उपाध्यायले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५