खबर पूर्वाञ्चल
महानगर समितिका सभापति दिपक चापागाँइले आज विज्ञप्ती जारी गर्दै प्रदेश सरकारले नेपाली राजनीतिको केन्द्रविन्दु रहेको विराटनगरलाई उपेक्षा गर्दै बजेट ल्याउन लागेकोमा आपत्ती जनाएकाछन् ।
प्रदेश सरकारले अघिल्लो सरकारले अघि बढाएका गौरवको आयोजनालाई निरन्तरता दिन कञ्जुस्र्याइ रहेको सभापति चापागाइले विज्ञप्तीमार्फत जनाएकाछन्। उनले विराटनगरको लागि स्वर्णीम रहने केशलिया करिडोरको योजना कटौति गरिएको प्रति आपत्ती जनाएका छन्। केशलिया करिडोरका लागि लामो समयको छलफल र बहसपछि डीपीआर समेत भइसकेको अवस्थामा प्रदेश सरकारले राजनीतिक पूर्वाग्रह राख्दै योजना नै कटौति गरे त्यसको विराटनगरवासीले कडा प्रतिवाद गर्ने उनले बताएकाछन् ।
केन्द्र सरकार समेत विराटनगरका लागि बजेटमा उदासिन देखिएको अवस्थामा प्रदेश सरकारले समेत आउँदो बजेटमा उपेक्षा गर्न लागेको उनको आरोप छ।
विगत डेढ वर्षको समयावधिमा ६ पटक सरकार परिवर्तन भइसकेको र हालको सरकार समेत संवैधानिक कठघरामा रहेको जनाउँदै सभापति चापागाइले सर्वोच्च अदालतमा सरकारको भविष्यबारे बहस जारी रहदै गर्दा ल्याउन लागिएको बजेट र अघिल्लो सरकारले प्राथमिकतामा राखेको योजना कटौति नगरि प्राथमिकताका साथ बजेट विनियोजन गर्न काँग्रेस महानगर समितिले अपिल गरेको छ ।
तपाईको प्रतिक्रिया