animated ellipse animated ellipse

बेलबारी ग्याङ फाइटमा भएको हत्याका मुख्य अभियुक्त ११ महिनापछि पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ श्रावण २०७८, आईतवार १७:५८
1.94k
Shares
विराटनगर / मोरङको बेलबारी– ५ कसेनी लोहन्द्रा खोलामा भएको ग्याङ फाइटमा हत्या भएको घटनाका मुख्य अभियुक्तलाई मोरङ प्रहरीले ११ महिनापछि पक्राउ गरेको छ ।

मोरङ प्रहरीबाट खटिएको सादा पोशाकको टोलीले ग्रामथान २ का केके भन्ने ३१ वर्षिय कृष्ण चौधरीलाई शनिबार पक्राउ गरेको हो । पक्राउ परेका चौधरी घटनाका मुख्य अभियुक्त हुन् ।

घटना घटाएपछि चौधरी लामो समयदेखि फरार थिए । दुहबीमा बस्दै आएका चौधरीलाई प्रहरीले सुन्दरहरैचा नगरपालिकाको बाँसवारीदेखि पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसी दिपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका चौधरीलाई मोरङ अदालतमा पठाएको डिएसी श्रेष्ठले बताए । अदालतमा चौधरीको बयान सकिएपछि थुनछेक बहस हुनेछ । बहस सकिएपछि अदालतले आदेश गर्नेछ ।

गत भदौ १२ गते भएको ग्याङ्ग फाइटमा धारिलो हतियार प्रहार गरि घाइते भएका चन्द्रकुमार राईको उपचारको क्रममा विराट टिचिङ्ग हस्पिटलमा मृत्यु भएको थियो । प्रहरीले यस घटनामा संलग्न भएको आरोपमा यस अघि ६ जनालाई पक्राउ गरि कर्तब्य ज्यान मुद्दामा मोरङ अदालतमा मुद्दा दर्ता गरेको थियो । प्रहरीले यसअघि बेलबारी नगरपालिका ५ तेलकुडीका ३१ वर्षिय विनयकुमार सरदार, ग्रामथान गाउँपालिका–६ का ३४ वर्षीय जितेन्द्र चौधरी, ३१ वर्षीय दीपेन्द्र चौधरी, ३२ वर्षीय वीरेन्द्रकुमरा खाँ, बेलबारी –६ का ३८ वर्षीय विशालकुमार खवास र ३१ वर्षीय राजेन भनिने राजिन्द्र राई (थुलुङ) पक्राउ गरि प्रहरीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर