खबर पूर्वाञ्चल
प्रदेश १ मा आज १० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५, सुनसरीमा २, झापा, ते¥हथुम र खोटाङमा १–१ जनामा संक्रमण देखिएको छ ।
मोरङको विराटनगरका एक ९० वर्षीया ज्येष्ठ नागरिकसहितसहित ३ जना, पथरीशनिश्चरेका २ , सुनसरीको इनरुवामा २ पुरुष, झापाको मेचीनगरमा १ महिला, खोटाङको दिक्तेलमा र ते¥हथुममा १–१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ४ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रदेश १ मा आज सम्म ३९ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताए ।