खबर पूर्वाञ्चल
प्रहरीका अनुसार उनी आइसियूमा उपचाररत थिए । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार गजमेरलाई उपचारका लागि असोज १७ गते अस्पताल भर्ना गरिएको थियो ।
फोक्सोमा गम्भीर समस्या देखिएकोभन्दै चिकित्सकको सल्लाह बमोजिम उनलाई त्यही दिनबाट आईसीयूमा राखेर उपचार थालिएको थियो ।
आईसीयूबाट गर्मी भएको बहाना बनाउँदै बाहिर निस्किएका गजमेरले आज विहान ५ः३० बजेतिर दुई तलामाथिबाट हामफालेको जानकारी अस्पतालले प्रहरीलाई गराएको छ । एसपी खड्काका अनुसार हामफालेर गम्भीर घाइते भएका उनलाई उद्धार गर्दै उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो ।
गजमेरको उपचारका क्रममा आज विहान ९ बजेतिर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । अस्पतालले यस घटनाका बारेमा आधिकारिक रुपमा जानकारी दिइसकेको छैन । उपचाररत अवस्थामा उनले किन आत्महत्याको बाटो रोजे भन्ने यकिन हुन नसकेको एसपी खड्काले बताए । मृत्यु अस्वभाविक देखिएका कारण घटनाको गम्भीर रुपमा अनुसन्धान थालिएको जानकारी उनले दिए ।