AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

६ लाख ९४ हजारको अवैध लत्ताकपडा र खाद्यान्य बरामद

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ श्रावण २०७९, बुधबार १५:०६
180
Shares
विराटनगर / नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुटा छुट्टै स्थानबाट भारतबाट अवैध रूपमा आएको ६ लाख ९४ हजार ९ सय बराबरको लत्ताकपडा र खाद्यान्य बरामद गरेको छ ।

मोरङ प्रहरीले पाँच लाख ८९ हजार बराबरको अवैध लत्ताकपडा, खाद्यान्न र सशस्त्र प्रहरीले १ लाख ५ हजार ९ सय मुल्य बराबरको लत्ताकपडा हिजो छुटा–छुट्टै स्थानबाट बरामद भएको हो ।

प्रहरीले विराटनगर महानगरपालिका १६ दरैयाबाट अवैध लत्ताकपडा र खाद्यान्न प्रहरीले बरामद हो भने सशस्त्र प्रहरीले विराटनगर १५ भट्टीमोडबाट बरामद गरेको छ ।

प्रहरीले चेकजाँचको क्रममा अवैध रूपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको मे।१च २२८६ नम्बरको मारुती भेनबाट अवैध रूपमा भित्र्याइएको सामग्री बरामद गरेको हो।

यस्तै, इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर १५ स्थित रानी बस पार्कबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको करिब ७६ बजार नौ सय रुपैयाँ बराबरको खाद्यान्न र विभिन्न किसिमका कपडा बरामद गरेको हो।

बरामद गरेको लत्ताकपडा र सवारी साधन आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर