AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

‘ह्वाइट मुन’ सेनेटरी प्याड बजारमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ बैशाख २०८०, शुक्रबार १८:५१
126
Shares
विराटनगर / विराट हेल्थ केयर इन्डष्ट्रिज प्रालिले नयाँ प्रोडक उत्पादन सुरु गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका – २ टंकिसनवारीमा रहेको इन्डष्ट्रिजले उच्च गुणस्तरको सेनेटरी प्याड बजारमा ल्याएको हो ।

‘ह्वाइट मुन’ नाम दिएको सेनेटरी प्याड विराट हेल्थ केयर इन्डष्ट्रिजले उत्पादन सुरू गरेको आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । उच्च गुणस्तरको सेनेटरी प्याड संक्रमणरहित अत्याधुनिक उपकरणबाट उत्पादन हुने गरेको विराट हेल्थ केयर इन्डष्ट्रिजजका ब्राण्ड म्यानेजर दिक्षा थापाले बताइन् ।

स्वस्थ्यको लागी विश्व दिवस दिन पारेर सेनेटरी प्याड बजारमा ल्याएको उनले बताइन् । ‘हो हामीले उत्पादन गरेको यो सेनेटरी प्याड महिलाहरुको स्वास्थ्य र सुरक्षाको बलियो आधार भएकोले यो कार्यक्रमका लागी आजकै दिनलाई उपयुक्त मानेका छौं,’ उनले भनिन्, ‘काममा सुरक्षा र स्वास्थ्यको हिसाबले हेर्ने हो भने महिलाहरु अझै पनि जोखिममा रहेको अवस्था छ ।

प्रत्येक महिना महिलाले खेप्नुपर्ने महिनाबारीले महिलाको स्वास्थ्यलाई जोडेको छ । त्यसैले बिराट हेल्थ केयर इन्डष्ट्रिज आफुलाइ विश्वसनिय, सुरक्षीत तबरका आधारमा अग्रसर बनाएर अगाडी आएको छ । हामीले उत्पादन गर्ने सेनेटरी प्याड हवाइट मुनको मुख्य उद्देश्य भनेको आयातीत सेनेटरी सामानहरुमा परनिर्भरता घटाउनुका साथसाथै गुणस्तरीय, सर्वसुलभ रुपमा उपलब्धता पनि हो ।’

चिनबाट ल्याएको आधुनिक उपकरणबाट सेनेटरी प्याट उत्पादन हुने गरेको छ । दैनिक तीनदेखि चार लाखसम्म सेनेटरी प्याट उत्पादन गर्न सक्ने क्षमता रहेको छ । तर, अहिले फुल फेजमा संचालनमा नआएको कम्पनीले जनाएको छ ।

कम्पनीले सेनेटरी प्याडको उत्पादनसँगै पहिलो चरणमा पूर्वी नेपालका विभिन्न ग्रामीण क्षेत्रका किशोरी तथा महिलाहरुलाई प्रजनन स्वास्थ्यका बारेमा शिक्षा प्रदान गर्ने, महिनावारीका बारेमा साक्षरता बढाउने र महिनाबारीका बारेमा देखिने अन्धविश्वासलाई घटाउने उनले बताइन् । ‘महिलाको उद्देश्य, लक्ष्य र सफलतालाई महिनाबारीले छेक्नु हुदैन र छेक्दैन भन्ने कुरामा विश्वस्त पार्ने रहेको छ । त्यसैले, सुरक्षीत महिनाबारी, हाम्रो जिम्मेबारी भन्ने हाम्रो यो अभियानमा यहाँहरुको पनि साथ रहनेछ भन्ने विश्वास राखेका छौं,’ म्यानेजर थापाले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर