विराटनगर / विराटनगरबाट लागुऔषधसहित सशस्त्र प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल बिओपी दरैयाबाट खटिएको टोलीले भारतको अररिया भवानीपुर घर भई विराटनगर महानगरपालिका–१२ बखरीमा डेरा गरेर बस्ने १८ वर्षीय करन कामतलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा विराटनगर–१६ दरैयाबाट पक्राउ परेका कामतलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको बताए ।
तपाईको प्रतिक्रिया