RUMPUM
animated ellipse animated ellipse

विराटनगरका रोहित चौधरीलाई गोली हानी हत्या गरेको आरोपमा दुईजना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ श्रावण २०८०, बुधबार १७:५१
810
Shares
विराटनगर / विराटनगर महानगरपालिका–५ का रोहित चौधरीको गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ परेका मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीय पर्वत भन्ने दिपक तिम्सिना र धरान उपमहानगरपालिका १४ का ३४ वर्षीय अनसन तामाङलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

साउन ५ गते चौधरीको सुनसरीको धरान– इटहरी सडक खण्डमा गोली प्रहार गरी हत्या भएको थियो । हत्यामा संलग्न तीन मध्ये २ जनालाई पक्राउ गरिएको हो भने एक जना अझै फरार छन् ।

लुटपाटको प्रतिकार गर्दा हत्या भएको देखिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले बताए । उनीहरू दुवै लागु औषध प्रयोगकर्ता रहेको प्रहरीको दाबी छ । तिम्सिना जवरजस्ती करणी मुद्दामा १० वर्ष र अनसन लागु औषध मुद्दामा ६ महिना कारागार बसेका व्यक्ति हुन् ।

डिआइजी बास्तोलाका अनुसार पक्राउ परेकाहरु सिलसिलेबर चोरी र लुटपाटको घटनामा संलग्न छन् । धरान– इटहरी सडक खण्डमा भएको चारवटा लुटपाटका घटनामा संलग्न रहेको उनले बताए । उनीहरूले गत असार ८, असार १३, असार ३१ गते पनि यात्रीमाथि पेस्तोल देखाएर लुटपाट गरेका थिए ।

साउन ५ गते भने लुटपाटको गर्दा प्रतिकार गरेपछि गोली प्रहार भएको थियो । लुटपाटको मुख्य योजनाकार र गोली प्रहार गर्ने व्यक्ती तिम्सिना रहेको प्रहरीले बताएको छ । पक्राउ परेकाको साथबाट हत्यामा प्रयोग भएको पेस्तोल, गोलीलगायतको वस्तु बरामद भएको डीआईजी बास्तोलाले बताए ।

२८ औं जन्मदिनको दिन साथीसँग घुम्नका लागि धनकुटाको मुलघाट पुगेर फर्कनेक्रममा उनीमाथि धरान इटहरी सडक खण्डको सेउती खोलाको पुल दक्षिणतर्फ बाइक रोकेर पिसाब फेर्न गएका बेला गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर