RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशमा डेंगुको प्रकोप, दिनानुदिन बढेको बेला किटको चरम अभाव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ असार २०८०, आईतवार १८:४६
270
Shares
विराटनगर / कोशी प्रदेशको तराई र पहाडी जिल्लामा डेंगु रोगका बिरामीको संख्या दिनानुदिन बढिरहेका बेला रोग परीक्षण गर्ने किटको चरम अभाव भएपछि समस्या उत्पन्न भएको छ ।

डेंगु रोगको परीक्षणको लागि किट उपलब्ध गराउने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आएको किट सकिएपछि माग गरेको जिल्ला अस्पतालहरुमा पढाउन नसक्दा समस्या भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चालु आर्थिक वर्षमा पढाएको ३ हजार ६५० थान किट सकिएपछि अहिले दिनानुदिन डेंगे बढीरहेको बेला परीक्षण गर्न नपाउँदा समस्या भएको छ । वर्खायाम सुरु भएसँगै डेंगु रोगका विरामीको संख्या बढेर गएको छ । तेही भएर अहिले डेंगु परीक्षणको लागि प्रदेशका स्वास्थ्य कार्यालयहरुबाट किटको माग बढी आइरहेको छ । भएको किट प्रदेशको जिल्ला अस्पताहरुलमा पढाएको र अहिलेसम्म किट नभएको कारणले पढाउन नसकिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका फार्मेशी सुपरभाइजर मानबहादुर मगरले जानकारी दिए ।

डेंगु परीक्षण गर्ने किटको लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग माग गरिएको उनले बताए । आइतबारसम्म पाँच सय थान आउने जानकारी आएको उनले सुनाए । ‘हामीसँग भएको किट जिल्ला अस्पतालहरुमा पढायौं । किट अभाव भएको एक हप्ता हुन लागिसक्यो । अहिले प्रदेशका धेरै अस्पतालहरुबाट किटको माग आइरहेको छ,’ उनले भने, ‘हामीसँग किट नभएको कारणले पढाउन सकिरहेका छैन ।’ धरानमा डेंगु बढेको कारणले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाटै विपी कोइराला तथा विज्ञान प्रतिष्ठानले किट लिएर गएको छ ।’

चालु आर्थिक वर्षको असार १० गतेसम्म कोशी प्रदेशमा १५७ जनालाई डेंगु देखिएको छ । सुनसरीको धरानमा मात्र मंगलबार ४० जनामा डेंगु देखिएको स्वास्थ्य निर्देशनालय कोशी प्रदेशका निमिक्त कार्यालय प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । बुधबारसम्म सुनसरीमा १०२ जनामा डेंगु देखिएको उनले बताए । सुनसरीपछि संखुवासभामा नयाँ १५ जनामा डेंगु देखिएको बस्नेतले जानकारी दिए । डेंगुको सङ्क्रमण बढ्दै गएपछि किटको अभाव देखिएको उनले बताए । किटका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पत्राचार गरिएको उनले बताए ।

स्वास्थ्य निर्देशनालय कोशी प्रदेशका किटजन्य रोग नियन्त्रण कार्यक्रमको फोकल प्रसन दिलिप सिंहे एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्ने बताए । ‘धरानमा डेंगुको उच्च जोखिममा छ, पछिल्लो समय डेङ्गुका बिरामी बढ्न थालेका छन’, उनले भने, ‘प्रयोगशालामा लामखुट्टेको लार्भा परीक्षण गर्दा डेंगु सार्ने प्रजाति भेटिएको छ ।’

धरान – १७ का ३० वर्षीया हिरा चौधरीको डेंगुको कारणले मृत्यु भइसकेको उनले बताए । वर्षात्मा पानी जम्ने ठाउँ, पानीको ट्याङ्की, पुराना टायरलगायतमा जमेको पानीमा यो जातको लामखुट्टेले लार्भा पार्छ । यसको वृद्धिबाट डेंगुको प्रकोप बढ्छ । ‘यो लामखुट्टेबाट जोगिन घर वरपर पानी जम्न दिनु हुँदैन,’ उनले भने, ‘ अहिले डेंगु परीक्षण गर्न किट अभाव छ ।’

डेंगुबाट बच्न विषादी छर्किन र विषादीयुक्त झुलको प्रयोग गनुपर्ने हुन्छ । ‘उच्च ज्वरो, हाड जोर्नी, टाउको दुख्ने, आँखाको भित्री भाग दुख्ने यसका प्रमुख लक्षण हुन”, उनले भने, ‘डेंगु देखिए केहीमा श्वासप्रश्वासको समस्या देखिन सक्छ ।’

जिल्लामा डेंगु र मलेरियाका बिरामी देखिन थाले पनि परीक्षणका लागि किटको अभाव रहेको छ । केही दिनयता अस्पतालमा मलेरिया र डेंगुका बिरामी देखिन थालेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर