खबर पूर्वाञ्चल
सुनसरी घर भएको कागजपत्र फेला परेको ३५ देखि ३० वर्षीय पहाडी मुलका देखिने पुरुषको घाँटीमा डोरीको डाम देखिएको हो ।
उनको हत्या गरेपछि ५ फिट गहिरो खाडल खनेर शव गाढेको अवस्थमा शव फेला परेको छ । शव फेला परेको उखुबारी स्थानिय बरजंगी सिंहको रहेको छ । आज एउटा खाल्डोबाट शव निकालिएको स्थानदेखि करिब ३० मिटर पूर्व गंगाप्रसाद सिंहको उखुबारीदेखि पनि ३०–३५ वर्षका अर्का एक जना पुरुषको शव हिजो राती भेटिएको थियो । दुवै शवको प्रकृति एकै खाले तरिकाले खाडल खनेर गाढेको अवस्थमा शव भेटिएको मोरङ प्रहरीका प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए ।
उखु काट्ने क्रममा किसानले खनेर पुरेको अवस्थामा खाल्डो भेटाएका थिए । शङ्कास्पद खाल्डो भेटिएपछि प्रहरीलाई खबर गरेपछि प्रहरीले खाल्डो खनेर हेर्दा कपडासहित गाडेको अवस्थामा पुरुषको शव भेटिएको थियो ।
एसपी जिसीका अनुसार दुवै शवको प्रकृति हेर्दा हत्या गरेर गाडिएको देखिन्छ । तर कुन तरिकाले हत्या गरिएको हो भन्नेबारे केही नखुलेको र पोस्टमार्टम रिपोर्टपछि थाहा हुने उनले बताए । अहिले घटनास्थलमा सङ्घीय प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर ल्याएर घटनास्थलमा स्निफिङ गराइएको छ ।
घटनास्थल बस्तीबाट करिब ५ सय मिटर टाढा पर्छ । एकान्त र उखुबारीको बीचमा भएका कारणले हत्याराले शव गाड्न सहजै सो स्थान प्रयोग गरेको प्रहरीको निष्कर्ष छ । अहिले घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी जिसी, डिएसपी मञ्जिल मुकारुङ, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्कासहितका प्रहरी टोली पुगेर घटनाको अनुसन्धान गर्दै आएको छ ।
गहन अनुसन्धान गरि दोषीलाई कारवाही गर्न स्थानियको माग
यहाँका स्थानियले हत्या गरेर शव लुकाउन उखुबारीमा ल्याएर गाढेको हुनसक्ने भएकोले घटनाको गहन रुपमा अनुस्न्धान गरिनुपर्ने स्थानियले माग राखेका छन् ।
धनपालथान गाउँपालिका ७ का वडाअध्यक्ष हरीप्रसाद यादवले दुई जना पुरुषको शव उखुबारीमा गाढेको अवस्थामा फेला परेकोले हत्या भएको हुनसक्ने भएकोले गहन अनुसन्धान गरिनुपर्ने बताए । ‘शवको प्रकृति हेर्दा हत्या गरेर शव लुकाउन उखु बारी प्रयोग गरिएको देखिएको छ,’ उनले भने, ‘यस घटनामा प्रहरी प्रशासनले गहन रुपमा अनुस्न्धान गरि सत्यतथ्य बाहिर ल्याउनुपर्दछ ।’