खबर पूर्वाञ्चल
कलेज स्तरीय कर सचेतना कार्यक्रम शीर्षकमा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा आयकर, मूल्य अभिवृद्धि कर (मू।अ।कर), अन्तशुल्कसम्बन्धी जानकारी, साथै बजार अनुगमन सम्बन्धी आधारभूत अवधारणाहरू विद्यार्थीहरू माँझ प्रस्तुत गरिएको थियो । प्रस्तुतकर्ता आन्तरिक राजस्व कार्यालय विराटनगरका कर अधिकृत भीमसेन दाहालले व्यवहारिक उदाहरणसहित करको अवधारणालाई सहज र रोचक ढंगले स्पष्ट पारे ।
कार्यक्रममा कलेजका वरिष्ठ निर्देशक शैलेन्द्र सिवाकोटीले करसम्बन्धी समग्र पक्षहरूलाई स्पष्ट पार्दै राष्ट्र विकासमा करको भूमिका र विद्यार्थीहरूको जिम्मेवारीबारे प्रेरणादायक हुने बताए ।
विद्यालय प्रशासनले विद्यार्थीहरूमा वित्तीय चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम निरन्तर आयोजना गरिने को–अर्डिनेटर शंकर भट्टराईले बताए ।