RUMPUM
animated ellipse animated ellipse

नेपालीहरुका चाडले सवैलाई एकतामा बाँधेको छ:प्रदेश प्रमुख खापुङ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ कार्तिक २०८०, बिहीबार १८:०१
108
Shares
विराटनगर / हाम्रो चाडहरुले नेपालीहरुलाई एकतावद्ध बनाउने कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ बताएका छन् ।

आज विराटनगरमा मोरङ व्यापार सँघले आयोजना गरेको विजया दशमी, तिहार,नेपाल सम्वत र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

प्रदेश प्रमुख खापुङले हामीले मनाउने चाड पर्वले हिमाल, पहाड र तराईमा बसोवास गर्ने नेपालीहरुबीच सामाजिक सद्भाव कायम गर्न योगदान पु¥याउँने बताए । उनले सबै जातजातिले एक अर्काको भाषा, संस्कृतिप्रति सम्मान गर्नु पर्नेमा जोड दिदै यसबाट मुलुकमा शान्ति, विकास र समृद्धि कायम हुने विश्वास व्यक्त्त गरे ।

शुभकामना कार्यक्रममा सँघका अध्यक्ष नवीन रिजाल, पूर्व मन्त्री अमनलाल मोदी, प्रदेश सभा सदस्य अमृत अर्याललगायतले ऐतिहासिक कालदेखि नेपालीहरुले मनाउने चाडपर्वले एक आपसमा सामाजिक सद्भाव कायम राखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर