AArya
RUMPUM
animated ellipse animated ellipse

जिल्ला बहुउद्देश्यीय सहकारीमा अधिकारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ माघ २०८०, आईतवार ०९:४०
1.2k
Shares
विराटनगर / जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि मोरङको विराटनगरमा भएको १० औ साधारण सभाले माधव अधिकारीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति निर्बिरोध चयन गरेको छ।

उपाध्यक्षमा लक्ष्मणकुमार वैध सचिवमा हिमा मैनाली र सदस्यहरुमा जयनारायण यादव,मंजु गौतम ,आसा माझी ,संतोस मंण्डल , कृष्ण बहादुर श्रेष्ठ, चन्द्रबहादुर कार्की चयन भएका छन् ।

त्यसैगरी गरी लेखा समिति संयोजकमा बद्री दाहाल र सदस्यहरुमा विणा बराल र सूर्यनारायण माझी निर्बिरोध चयन भएका छन्।

शेयर पूँजी १ लाख ७५ हजार रहेको संघमा ५० लाख हाराहारीको बार्षिक कारोबार रहेको छ। साधारण सभाको उद्घाटन गर्दै राष्टिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेलले केही खराब सञ्चालकका कारण सहकारी क्षेत्र केही समय बद्नाम भएपनि सरकारले त्यस्ता ब्यक्तिलाई कारबाहीको दायरामा ल्याएको बताए । उनले आगामी दिनमा राम्रा सहकारी मात्र रहने बताए ।

कार्यक्रममा नवनिर्वाचित राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेललार्इ र नेपालको अर्थतन्त्रको विकासमा कृषि सहकारी संस्थाको भूमिका बिषयमा विद्यावारिधि गरेका कोशी प्रदेश सहकारी संघका अध्यक्ष डा. डिल्ली पोखरेललार्इ दोसल्ला ओडाएर नव निर्वाचित अध्यक्ष माधव अधिकारीले सम्मान गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर