पछिल्लो १२ घण्टामा विराटनगरमा ४ जना कोरोना संक्रमितको मृत्यु

खबर पूर्वाञ्चल, २६ बैशाख २०७८, आईतवार ०८:१९

विराटनगर/ पछिल्लो १२ घण्टामा विराटनगरमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा ३ र मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा १ जना सङ्क्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दुई वृद्ध पुरुष र दुई महिला रहेका छन् । चारै जनाको उपचारकै क्रममा आज बिहान मृत्यु भएको जनाइएको छ ।

नोबेलमा सुनसरीको धरान–१७ का वृद्ध पुरुषको बिहान २ः३० बजेतिर मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उपचाररत अवस्थामै ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

त्यस्तै आजै विहान बिहान ३ः३० बजेतिर विराटनगर महानगरपालिका–१ का ७६ वर्षीय पुरुषको मृत्यु भएको नोबेलका प्रबन्धक दाहाल बताए ।
नोबेलमै सिरहाको कल्यापुर –४ की ३८ वर्षीया महिलाको पनि मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि वैशाख २५ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनको मृत्यु आजै विहान ७ बजेतिर भएको दाहालले बताए ।

यसैबीच विराटमा उपचाररत सुनसरीको इटहरी–८ की ५४ वर्षीया महिलाको पनि आजै विहान १ः२० बजेतिर मृत्यु भएको छ । विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवका अनुसार कोरोना पुष्टि भएपछि उपचारका लागि महिलालाई वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो । मृतकमा उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेको पाइएको जानकारी उनले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५