animated ellipse animated ellipse

राप्रपाबाट विराटनगरको विराटनगरको मेयरमा पूर्व मेयर प्रह्लाद साह र उप–मेयरमा बबिता आचार्य उम्मेदवारी दर्ता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ बैशाख २०७९, सोमबार १५:५०
1.67k
Shares
विराटनगर / वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका निम्ति राप्रपाबाट विराटनगरको मेयरमा पूर्व मेयर प्रह्लाद साह र उप–मेयरमा बबिता आचार्यको उम्मेदवारी परेको छ ।

विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । मेयर पदका उम्मेदवार साह हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय महामन्त्री र उप–मेयर आचार्य जिल्ला प्रवक्ताको जिम्मेवारीमा छिन् । आचार्य जिल्ला अध्यक्ष माधव आचार्यकी श्रीमती समेत हुन् ।

निर्वाचन अधिकृतको कार्यालयमा भने हाल मनोनयन दर्ता हुने क्रम जारी छ । अहिलेसम्म लोकतान्त्रिक समाजवादी पार्टी र सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टीले प्रमुख पदमा उम्मेदवारी दर्ता गराईसकेका छन् ।

नेकपा एमालेले भने ४ बजे मनोनयन दर्ता गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर