animated ellipse animated ellipse

एलेभेन एरोज मिल्स गोल्डकपको अन्तिम चारमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ चैत्र २०७७, सोमबार १८:५६
585
Shares
विराटनगर/ एलेभेन एरोज क्बल दुहबी सुनसरी विराटनगरमा जारी पहिलो मिल्स गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।

एलेभेन एरोजले विराटनगर – १६ स्थित जुट मिल्सको खेलमैदानमा आज भएको खेलमा प्रदेश १ प्रहरी कार्यालय विराटनगरलाई १–० गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

रोमान्चित प्रतिस्पर्धात्मक खेलको सुरूवातमा दुहबीका उमेश कार्कीले खेल सुरू भएको २५ औं मिनेटमा गरेको गोल टिमको जितको लागि निर्णायक बन्यो । प्रलात चौधरीले निकालेको पास उमेशले डिबक्स बाहिरदेखि गरेको प्रहार सजिलै गोलमा परिणत भयो ।

प्रहरीका खेलाडीहरूले पहिलो हाफमा गरेको अधिकाशं प्रहार दुहबीका गोलरक्षक सुजित तामाङले बचाए । खेलको २० औं मिनेटमा प्रहरीका गोलरक्षक अर्जुन बस्नेत अगाडी बढदा एलेभेनका खेलाडीले छ यार्ड बक्सबाट प्रहार गरेको फ्रिकिकमा प्रहरीका किरणकुमार चौधरीले हेड गरि गोल हुनबाट उत्कृष्ट बचाए ।

दोस्रो हाफमा प्रहरी टोली आक्रामक देखियो । तर, प्रहरीले गोल गर्ने सुन्दर अवसर खेर फाल्दा पराजित भयो । खेलको ५० औं मिनेटमा प्रहरीका सुजन बस्नेत र ६० औं मिनेटमा रमेश राजवंशीको उत्कृष्ट प्रहार दुहबीका गोलरक्षक सुजित चौधरीले बचाउ गरेका थिए ।

सुजितले प्रहरीका आधा दर्जनभन्दा बढी प्रहार उत्कृष्ट रूपमा बचाउ गरेका थिए । खेलको अन्त्य तिर आक्रमक भएर प्रहरी मैदान उत्रिए पनि गोल गर्न नसक्दा खेल बराबरीमा ल्याउन चुक्यो ।

खेलको म्यान अफ द म्याच एलेभेन एरोज क्बल दुहबी सुनसरीका निर्णायक गोल गर्ने उमेश कार्की घोषित भए । उनले नगद पाँच हजार रूपैयाँ प्राप्त गरे । जितसँगै एलेभेन एरोज क्बल दुहबीले चैत ११ गते सशस्त्र प्रहरी बल पूर्वाञ्चलसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको मंगलबारको खेल धरान सिटी फुटबल एकेडेमी सुनसरी र शताक्षीधाम स्पोर्ट्स क्लब झापा बिच प्रतिस्पर्धा हुनेछ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगिताको बिजेता नगद १ लाख ५० हजार रुपैयाँको साथै ट्रफि र उपबिजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्दछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर