AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङ व्यापार संघ ट्रेड एक्स्पोको तयारी अन्तिम चरणमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ चैत्र २०७८, सोमबार १४:२५
11.98k
Shares
‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ मा निर्माण रहेको सेल्फी जोन देखाउँदै मेला आयोजक समितिका संयोजक विकासकुमार बेगवानी । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / आगामी चैत १८ गतेदेखि २६ गतेसम्म विराटनगरमा आयोजना हुने ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ को तयारी अन्तिम चरणमा पुगेको छ ,

विशेष आकर्षणसहित आयोजना हुन लागेको अन्तर्राष्ट्रिय स्तरीय कृषि, पर्यटन तथा औद्योगिक मेलाको तयारी अन्तिम चरणमा पुगेको मेला आयोजक समितिका संयोजक एवं व्यापार संघका उपाध्यक्ष विकासकुमार बेगवानीले जानकारी दिए । उनका अनुसार एक्स्पोको बाहिरि भाग ९० प्रतिशत तथा भित्रीभाग ८० प्रतिशत तयारी भएको बताए । अवको दुई दिनमा मेलाको तयारी पूर्णरुप भए पछि मेलामा सहभागि कम्पनीलाई हस्तान्तरण गर्ने बताए ।

मेलामा रहने २७० स्टल सवै बुकिङ भईसकेको उनले बताए । संयोजक बेगवानीका अनुसार अहिले मेलास्थलमा स्टल, सेल्फी जोन, बन्जी जम्पिङ्गको लागि आवश्यक संरचना तयार पार्ने काम धमाधम भईरहेको छ । धेरैपछि आयोजना हुन लागेको मेलामा विशेष आकर्षणहरु रहने भएकाले स्टलहरु समयमै बुकिङ भईसकेका बताए ।

मेलास्थलमा ८० स्टल एसीडोम सुविधासहितका हुनेछन । बाँकी कुलर सुविधा भएका स्टल, नर्मल, खाद्यन्न स्टल र अटोका स्टलहरु रहनेछन् । मेला आयोजक समितिले क्षेत्रगत रुपमा तयार पारेको ढाँचाका आधारमा सबै क्षेत्रका स्टलहरु बुकिङ भएका हुन् । तीन करोड लागत अनुमान गरिएको मेलाबाट ४० करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ । मेलामा दुईलाख अवलोन कर्ता भित्र्ने अपेक्षा गरिएको छ ।

आयोजकले मेलास्थलमा लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल जस्ता अन्तर्राष्ट्रिय संरचनाको आकर्षण थपेको छ । सेल्फी जोनको सुविधा समेत मेलास्थलमा राखिएको छ । मेलामा साहसिक खेलको आनन्दका लागि जिप लाइन, रिभर्स बन्जी, जिप साइक्लिनिङ्गको सुविधा उपलब्ध हुनेछन् ।

संघले विगतमा कोशी महोत्सव–२०५३, पूर्वाञ्चल औद्योगिक व्यापार मेला–२०५७, विराट महोत्सव–२०६२ र २०७०, विराट ट्रेड एक्स्पो–२०७५ आयोजना गरेको थियो । विगतका अनुभवबाट सिक्दै यस पटक मोरङ व्यापार संघ ट्रेड एक्स्पोको नामबाट नयाँ आकर्षण र उच्च कारोबार गर्ने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर