animated ellipse animated ellipse

मिल्स कप क्रिकेटमा शन्नी क्रिकेट क्बल र शम्सेर क्रिकेट क्लबलाई सफलता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ फाल्गुन २०७८, मंगलवार १८:४०
405
Shares
विराटनगर/ इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिता शन्नी क्रिकेट क्बल र शम्सेर क्रिकेट क्लब बिजयी भएको छ ।

मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुट मैदानको खेलमैदानमा आज भएको पहिलो खेलमा सन्नि क्रिकेट क्लब कटिहारले डिजायर क्रिकेट क्बल पूर्णियालाई ७ विकेटले पराजित गरेको हो ।

टस हारेर ब्याटिङ गरेको पूर्णियाले निर्धारित २० ओभरको खेलमा १७ दशमलप ५ बलमा सबै विकेट गुमाइ १४३ रन बनायो । जसमा शिसिर संकेतले ४० रन बनाउँदा विजयी भारतीले ३८ रन बनाए । शन्निका सुशिल कुमार र अजय यादवले समान ३-३ विकेट लिए ।

१४४ रनको बिजय लक्ष्य पछ्याएका शन्नीले १५ दशमलप १ बलमा तीन विकेट गुमाइ सो बिजय लक्ष्य पार गरेको थियो । जसमा म्यान अफ द म्याच शन्नीका फानिद आलमले ४४ रन बनाउँदा अश्विनी कुमार ३७ रनमा अविजित रहे । पुर्णियका भटराज पाटिल, सेभ खान, बिजयी भारतीले १-१ विकेट लिए ।

दोस्रो खेलमा शम्सेर क्रिकेट क्बल कानपुरले नेपाली क्रिकेटका लिजेन्ट शक्ति गौचनको टिम स्टार क्रिकेट क्लब भैरवालाई २ सय १३ रनको बिशाल अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कानपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २४६ रनको विशाल योगफल खडा गरेको थियो । जसमा म्यान अफ द म्याच रवि रोयले ४८ बलमा आक्रमण ब्याटिङ गर्दै ११८ रनमा अविजित रहदा आकाश रोयले ५१ रन बनाए ।

स्टारका मदन पौडेल, बिप्लसन केसी र सुरज खड्काले २÷२ वीकेट लिए । २ सय ४७ रनको लक्ष्य पछ्याएको स्टारले १० दशवलप ३ बलमा सबै विकेट गुमाइ ३३ रनमा सिमिति भयो ।

स्टारका आरिफ खानले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो स्कोर जोड्न सकेनन । कानपुरका श्रेष्ठ मिश्रा र दिपान्सु सिंहले ३-३ विकेट लिए ।

बुधबार हुने पहिलो खेल मिल्स क्लब र पूर्वाञ्चल क्रिकेट एकाडेमी तथा दोस्रो खेल सिरहा क्रिकेट क्बल र शम्सेर क्रिकेट क्बल  विच हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर