खबर पूर्वाञ्चल
एमालेकी राजमति इङनामले ३६० मतको अग्रता लिएकी छिन । राजमतिले ९७६ मत ल्याउँदा कांग्रेसका सन्जय भट्टराईले ६०७ मत र माओवादीका सुर्य धिमालले ४३२ मत ल्याएका छन ।
एमालेका उपाध्यक्ष उम्मेदवार भोला अधिकारिले पनि २७६ मत अन्तरले अगाडि रहेका छन् । अधिकारलिे १०२४ मत ल्याउँदा कांग्रेसका मनु गुरुङले ७४८ मत र माओवादीकी तारा ओझाले ६६८ मत लएकी छिन् । अहिले वडा नम्बर ७ र १ नम्बर गणना गर्न सुरु गरिएको छ ।
कूल ७ वटा वडा रहेको कानेपोखरीमा ६६.७६ प्रतिशत मतदान भएको छ । ३४०४५ मतदातमा रहेको कानेपोखरिमा २२७३१ मतदान भएको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिएका छन् ।