पूर्वाञ्चल खबर

‘न कुनै सेवामा छन् । न बस्तु उत्पादन गर्दछन् । डुलेर हिड्छन् । चन्दाको भरमा हाम्रो पैसाँ खान्छन् । हाम्रै विरोध गर्दै हिडेका छन् । अब यस्ता आफुलाई शैक्षिक अभियान्त भन्नेहरूको हामीले विरोध गरिनुपर्नेछ,’ प्याब्सन अध्यक्ष पुरीले भने, ‘कुनै सरोकारनै नभएका व्यक्तिहरू आफुलाई अभियान्त भन्नेहरू निजी विद्यालय धरापमा बनाउन सुनियोजित रूपमा लागि परेका छन् । आफुलाई अभियान्त भन्नेहरूको अब हामीले खुलेर विरोध गरिनुपर्नेछ ।’ कुनै सरोकार नभएका व्यक्तिहरू अहिले निजी विद्यालयहरूको विरोधमा लागि परेको उनको भनाई छ । ‘सरोकारवाला हाम्रो अभिभावक भएको भए हामी मान्छौं । तर, कुनै रिलेसन नभएका र सम्बन्ध लगाएर हाम्रो विरोध गर्नेको अब हामीले खबरदारी गरेर अगाडी बढनुपर्ने बेला आएको छ,’ उनले भने ।
अध्यक्ष पुरीले स्थानिय सरकारलाई र जनप्रतिनधीलाई शिक्षा नीति निर्माणमा सहजता प्रदान गराउन महानगर प्याब्सन पनि लाग्नुपर्ने बताए । अध्यक्ष पुरीले अब नगर जिल्ला हुदै प्रदेश प्याब्सनको अधिवेशन पनि हुदै केन्द्रीय अधिवेशन पनि क्रमश हुदै जाने बताए । उनले केन्द्रीय कार्य समितिको बैठकले मंसिरमा जिल्ला र पुसमा प्रदेश प्याब्सनको अधिवेशन भइ नयाँ नेतृत्व चयन हुदै जाने जानकारी गराए ।
कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्याब्सन केन्द्रीय सचिव राजेशकुमार दास, प्याब्सनको सल्लाहाकार डा. उद्धब पोखरेल, केन्द्रीय सदस्य बासुदेव न्यौपाने, एन प्याब्सनका राजन छाराहाङ, प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राई, प्याब्सन विराटनगरका अर्जुन राई र नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाललगायले बोलेका थिए ।