नयाँ पाठ्यक्रम कक्षा ४, ७, र ९ प्रबोधीकरण सम्बन्धी जानकारी दिने उद्देश्यले मोरङ जिल्लाभरिको निजी विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो ।
तालिममा नेपाली, गणित, अङ्ग्रेजी र विज्ञान विषय पढाउने शिक्षकहरूको सहभागी थियो । नयाँ पाठ्यक्रमको प्रबोधिकरण गराउने उद्देश्यले तालिम आयोजना गरिएको प्याब्सन मोरङकी अध्यक्ष शीतला सुब्बाले जानकारी दिइन् । दुई दिनसम्म सञ्चालन भएको तालिमको सहजीकरण बिज्ञान विषयमा लिलाकान्त बन्जारा, गणितका टंक प्रसाद न्यौपाने, अङ्ग्रेजीका इन्द्र चौहान र नेपाली विषयका प्रभात नेपालले गरेका थिए ।
दुई दिने सम्म सञ्चालन भएको तालिममा ३३ निजी विद्यालयका ६६ जना शिक्षकहरूको सहभागिता रहेको प्याब्सन मोरङको कोषाध्यक्ष विष्णु डंगोलले जानकारी दिए । कार्यक्रममा बोल्दै प्याब्सन मोरङकी अध्यक्ष सुब्बाले यस्ता तालिमले शिक्षकहरूलाई ज्ञान आर्जनमा ठुलो सहयोग पुग्ने बताइन् । परिवर्तन भइरहने नयाँ पाठ्यक्रमको विषयमा शिक्षकहरूलाई समय सापेक्ष जानकारी दिन प्याब्सनले यस्ता तालिम गर्दै जाने उनले बताइन् ।
तालिममा सहभागी भएका शिक्षकहरूलाई प्रमाणपत्र प्याब्सन प्रदेश नं. १ का सह–सचिव नोवलकिशोर खनाल, मोरङकी अध्यक्ष शीतला सुब्बा, प्याब्सन विराटनगरको उपाध्यक्ष अर्जुन श्रेष्ठलगायतले वितरण गरेका थिए ।
तपाईको प्रतिक्रिया