आन्दोलनकारीसँग बार्ता गर्न कांग्रेस संसदीय दलका नेताको माग

खबर पूर्वाञ्चल, ११ जेष्ठ २०८०, बिहीबार १८:५७
63
Shares

विराटनगर / कोशी प्रदेश नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले प्रदेश नामाकारणको बिषयमा भैरहेको आन्दोलनको औचित्यको सम्बोधन गर्न तत्कालै बार्ता समिति गठन गर्न माग गरेका छन ।
आज प्रेस विज्ञप्ति जारी गर्दै कागेंस कोशी प्रदेशका अध्यक्ष समेत रहेका थापाले बार्ताको माध्यमबाट आन्दोनरत पक्षको उचित मागहरुलाई यथासक्य सम्बोधन गरेर समस्याको समाधान खोजी शान्तिपूर्ण वातावरण सृजना गर्न प्रदेश सरकार समक्ष आग्रह गरेका हुन् ।

कोशी प्रदेश नामाकरणको बिषयलाई लिएर आन्दोलनरत प्रदेश नम्बर १ नामांकन संघर्ष समितिले गरेका विभिन्न कार्यलाई शान्तिपूर्ण , संयमित र मानवअधिकार उल्लंघन नहुने गरि आफ्ना जायज माग राख्न पनि थापाले आग्रह गरे ।

साथै सरकार पक्षबाट धरपकट गर्ने , कफ्रयू लगाउने , गोली हान्ने , लाठी चार्ज गर्ने तथा दुव्र्यवहार गर्ने कार्य रोकी परिस्थितिलाई शान्त बनाउदै शान्पिूर्ण निकास र समस्या समाधानको खोजी गर्न नेता थापाले आग्रह गरे । साथै आन्दोलनका क्रममा वैशाख २५ गते झापा जिल्लाको दमकमा पर्दशनका क्रममा गोली लागि घाईते भएका इलाम चुलाचुली—१ का गजेन्द्र फागो र झापा अर्जुनधारा—११ का निर्मला क्षेत्री लिम्बूलगायत सम्पूर्णको औषधी उपचार खर्च व्यहोर्न समेत आग्रह गर्दछौ थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उपचारको क्रममा मिति २०७९ साल चैत १० गते निधन भएका मोरङ बेलवारी—२ लालभित्ती पदमबहादुर लिम्बू लाजेहाङ प्रति पार्टीले गहिरो शोक समवेदना व्यक्त गरेको थापाले विज्ञप्ति मार्फत जनाएका छन ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

semi
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५