animated ellipse animated ellipse

वेलबारी ग्याङ फाइट प्रकरणका मुख्य आरोपी पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० भाद्र २०७७, मंगलवार १८:३७
1.73k
Shares
विराटनगर/ मोरङको बेलबार ५ कसेनीको लोहन्द्रा खोलामा भएको ग्याङ फाइटमा भएको हत्याको घटनाको मुख्य अभियुक्त प्रहरीले पक्राउ गरेको छ ।

मोरङ प्रहरीबाट खटिएको टोलीले बेलबारी नगरपालिका ५ तेलकुडीका ३१ वर्षिय विनयकुमार सरदारलाई सोमबार पक्राउ गरेको हो । पक्राउ परेका सरदार घटनाका मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ ।

सरदारलाई प्रहरीले सुनसरीको बराहक्षेत्र ११ मधुवानबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

भदौ १२ गते भएको ग्याङ्ग फाइटमा धारिलो हतियार प्रहार गरि घाइते भएका चन्द्रकुमार राईको उपचारको क्रममा विराट टिचिङ्ग हस्पिटलमा मृत्यु भएको थियो । प्रहरीले यस घटनामा संलग्न भएको आरोपमा यस अघि पाँच जनालाई पक्राउ गरि कर्तब्य ज्यान मुद्दामा मोरङ अदालतमा म्याद थप गरि अनुसन्धान गर्दै आएको छ ।

यस अघि प्रहरीले ग्रामथान गाउँपालिका–६ का ३४ वर्षीय जितेन्द्र चौधरी, ३१ वर्षीय दीपेन्द्र चौधरी, ३२ वर्षीय वीरेन्द्रकुमरा खाँ, बेलबारी –६ का ३८ वर्षीय विशालकुमार खवास र ३१ वर्षीय राजेन भनिने राजिन्द्र राई (थुलुङ) पक्राउ गरि प्रहरीले अनुसन्धान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर