एकै दिन नोबेलमा तीन जना कोरोना संक्रमितको मृत्यु

खबर पूर्वाञ्चल, १८ बैशाख २०७८, शनिबार १७:३०

विराटनगर/ विराटनगरस्थित नोबेल मेडिकल कलेजमा आज बिहान एकै दिन तीन जना जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुने तीनै जना पुरूष रहेका छन् ।

आज विहान ५ः४५ मा उपचारको क्रममा विराटनगर महानगरपालिकामा कार्यरत नगर प्रहरी हवल्दारको मृत्यु भयो । कोरोना संक्रमित विराटनगर – ३ पुष्पलालचौक घर भएका ५७ वर्षीय नगर प्रहरी हवल्दार सुर्यबहादुर घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो । पाँच दिन अघि कोरोना पुष्टि भएर स्वासप्रश्वासमा समस्या भएपछि घिमिरेलाई शुक्रबार बेलुका अस्पताल भर्ना भएका थिए ।

यसैगरि अरु दुई जना कोरोना संक्रमित सप्तरी र महोत्तरीका घर भएका संक्रमित पुरुषको पनि नोबेलमा शुक्रबार मृत्यु भएको छ ।

नगर प्रहरी हवल्दारको मृत्यु भएको पाँच मिनेटपछि सप्तरीको राजविराज–९ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको पनि बिहान ५ ः ५० मा उपचारको क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि शुक्रबार दिउँसो १ बजेतिर अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा मृत्यु भएका संक्रमितमा उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या देखिएको थियो ।

आजै विहान दोस्रो कोरोना संक्रमितको मृत्यु भएको २५ मिनेटपछि नोबेलमै उपचाररत महोत्तरी घर भएका अर्का संक्रमितको पनि बिहान ६ः१५ बजेतिर मृत्यु भएको छ । महोत्तरी – ६ का ३५ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको प्रवन्धक दाहालले जानकारी दिए । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि शुक्रबार दिउँसो अस्पताल भर्ना गरिएको थियो । कोरोनाका कारण मृत्यु भएका तीनै जनाको शव व्यवस्थापनका लागि पहल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५