AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशका हिमाली र पहाडी जिल्लाका सम्पूर्ण विद्यालयमा आइसिटी निर्माण गर्ने कोशी प्रदेश सरकोरको घोषणा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ कार्तिक २०८२, आईतवार १५:४३
135
Shares
विराटनगर/कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशका हिमाली र पहाडी जिल्लाका सम्पूर्ण माध्यमिक विद्यालयहरूको पूर्वाधार र विद्यालयमा आइसिटी निर्माण गर्ने घोषणा गरेका छन्।

आज सहिद भूमि गाउँपालिका धनकुटामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले खेतान फाउण्डेशनको सहयोगमा १० वर्षमा सक्ने गरी पूर्वाधारको कार्यक्रम अघि बढाइने घोषणा गरेका हुन्। खेतान फाउण्डेशनले सहिद भूमि गाउँपालिका ६ मा रहेको ठाकुरदेवी माध्यमिक विद्यालयमा निर्माण गरिदिएको विद्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार शिक्षा क्षेत्रको सुधारका लागि अगाडि बढेको बताए। ९२ लाख रुपैयाँको लागतमा निर्माण भएको सो भवन सीपी फाउण्डेशनले निर्माण गरिदिएको हो।

विद्यालयको आठ कोठे भवन निर्माण भएपछि सो पालिकाका सबै विद्यालय सूचना प्रविधि र कम्प्युटरसहितको पूर्वाधार युक्त विद्यालय बनाउने सिपी फाउण्डेशनले जानकारी दिएको छ। मुख्यमन्त्री कार्कीले आफूले आफ्नो निर्वाचन क्षेत्रमा यो निर्माणको काम नलगेर शहीदहरूको सम्मान र त्यस क्षेत्रको विकासका लागि विद्यालय निर्माणको कार्यक्रम सहिद भूमि पालिकामा गर्नका लागि सीपी फाउण्डेशनलाई आग्रह गरे बमोजिम यहाँ निर्माण भएको बताए। सिपी फाउण्डेशनले विभिन्न दातृ संस्थाको सहयोगमा कोशी प्रदेशको हिमाली तीनटा जिल्ला र पहाडी आठवटा जिल्लाको करिब ५ सय वटा विद्यालयको पूर्वाधार र आइसिटी निर्माण गरिदिने समझदारी यसै आर्थिक वर्षभित्रै हुने उनले जानकारी दिए। यो विद्यालय निर्माणका लागि कोशी प्रदेश सरकार र स्थानीय पालिकाको साझेदारी हुनेछ।

आवश्यक कानुनी प्रक्रिया मिलाइसकेपछि फाउण्डेशनले कोशी प्रदेश सरकारसँग यो सम्झौता गर्ने र सँगसँगै कार्यक्रमलाई अगाडि बढाउने छ।यी विद्यालय बनाउनका लागि करिब १५ अरब रुपैयाँ लगानी गर्ने तयारी गरिएको छ। खेतान फाउण्डेशनका संस्थापक सीपी खेतानले यसबाट कोशी प्रदेशमा शैक्षिक सुधारमा ठूलो उपलब्धि हासिल हुने बताए।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका विद्यालयहरू निर्माणको यो ठूलो रकम १० वर्षभित्र सक्ने योजना रहेको बताए। उनले खेतान फाउण्डेशनले त्यो भन्दा अघि नै यस्ता कार्यक्रमलाई सक्नेगरी तयारी गर्न आग्रह गरे पनि प्रदेश र पालिकाको स्रोत साधनलाई समेत प्रयोग गरेर अघि बढ्नुपर्ने भएकाले यसको समय १० वर्ष राख्न लागिएको बताए ।

पालिका र प्रदेश सरकारको समेत सहकार्यमा विद्यालय निर्माण हुनेछ । यो कार्यक्रम सुरुवात सँगै कोशी प्रदेशको शैक्षिक क्षेत्रमा ठूलो प्रगति हासिल हुने उनले दाबी गरे। मुख्यमन्त्री कार्कीकै पहलमा आज सहिद भूमि पालिका र सीपी फाउण्डेशन बीच पालिकालाई नमुना पालिका बनाउने गरी समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ। सो समझदारीमा उल्लेख भए अनुसार सहिद भूमि पालिकामा करिब २ देखि ३ अरब रुपैयाँ लगानी हुनेछ।

सम्पूर्ण विद्यालय, स्वास्थ्य चौकी र लघु उद्यमशीलता साथै सडक कालोपत्रे बनाउन यो लगानी गरिनेछ। यस कार्यक्रमका लागि ह्युमन प्राक्टिस फोरमले पनि मुख्य सहयोगी भूमिका निर्वाह गरेको छ। आज खेतान फाउण्डेशन र ह्युमन प्राक्टिस फोरम बीच सहिद भूमि पालिकामा पहिलो चरणमा कोशी प्रदेशका विद्यालय पूर्वाधार निर्माणका लागि ३ अरबको लगानी गर्ने गरी सहमति पत्रमा हस्ताक्षर पनि भएको छ।

हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री कार्की र खेतान फाउण्डेशनका सीपी खेतान लगायत विदेशी संस्थाबाट आउएका विभिन्न प्रतिनिधिहरूको उपस्थित रहेको थियो। सहिद भूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले यो सम्झौताले धनकुटाको पछाडि पारेको सहिदभूमिपालिका एउटा नमुना पालिकाको रुपमा स्थापित हुने बताए। २०३६ सालको खोकु छिन्ताङ हत्याकाण्डपछि पछाडि पारिएको यो पालिका विकास र समृद्धिका लागि यो सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्थानीय बासीहरूको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर