पूर्वाञ्चल खबर
पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका १ कि ३२ बर्षीया देवी लकान्द्री रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले लकान्द्रीको कोठा चेक जाँच गर्ने क्रममा डिजिटल तराजु १ थान र उनले लगाएको सुरुवालमा लुकाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ८ ग्राम बरामद गरेको हो ।
ब्राउन सुगर सहित पक्राउ परेकी लकान्द्रीको बारे जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।