हुलाकी राजमार्ग अन्तर्गत रंगेली–चौकीघाट सडक चाँडै सम्पन्न गर्न पोखरेलको पहल, द्रुतगतिमा काम अघि बढाउन निर्देशन

खबर पूर्वाञ्चल, २२ मंसिर २०७९, बिहीबार १५:०९
216
Shares
विराटनगर / मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी विकासमा लागि परेका छन् । स्थानीय समस्याबारे जानकार रहेका पोखरेल निर्वाचित भएलगत्तैदेखि सो क्षेत्रको विकास निर्माण कार्यहरुलाई दुरुत गतिमा अघि बढाउन लागि परेका हुन् ।

उनले क्षेत्र नम्बर २ अन्तर्गत पर्ने रंगेलीदेखि रतुमाईको चौकी घाटसम्मको सडक चाँडै सम्पन्न गराउन पहल गरेका छन् । नेकपा (एमाले) मोरङका अध्यक्षसमेत रहेका सांसद पोखरेलले दक्षिणी क्षेत्रको ‘लाईफलाईन’ सडकका रुपमा रहेको निर्माणाधिन हुलाकी राजमार्गको काम चाँडै सम्पन्न गराउन सम्बन्धीत निकायलाई निर्देशन दिएका छन् ।

सांसद पोखरेलले आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने हुलाकी सडकखण्ड निर्माण कार्यका विषयमा चासो राखेर हुलाकी सडक आयोजना प्रमुख बिजय थापासँग कार्यप्रगती बारे जानकारी लिँदै काम द्रुत गतिमा अघि बढाउन निर्देशन दिएका हुन् । ‘यो हाम्रो लागि लाईफलाईन सडक हो । दुरुत गतिमा काम थालेर चाँडो भन्दा चाँडो निर्माण कार्य सम्पन्न हुनुप¥यो । ’ सांसद पोखरेलले आयोजना प्रमुख थापालाई निर्देशन दिँदै भने,‘निर्माण कार्यको गुणस्तरमा पनि जनताको प्रश्न उठीरहेको छ । काममा तलमाथि नहोस् ।’
उनले हुलाकी राजमार्ग अन्तर्गत सो क्षेत्रका मुख्य बजारहरुको सडकको चौडाई सय मिटर फराकिलो बनाउन दबाब समेत दिएका छन् ।

सांसद पोखरेलको निर्देशनसँगै आयोजना प्रमुख र इन्जीनियरहरुको टोलीले निर्माणाधिन सडकको निरिक्षण गरेको छ । सो टोलीले निर्माण कम्पनीलाई मापदण्ड अनुसारको काम दुरुत गतिमा थाल्न निर्देशन पनि दिएको जनाइएको छ ।

अहिले सो निर्वाचन क्षेत्र अन्तर्गत रंगेलीदेखि चौकीघाट सम्मको सडक निर्माण कार्यले गति लिएको स्थानीयको भनाई छ । सम्बन्धीत सरकारी अधिकारीहरुलाई निर्माणाधिन सडकको स्थलगत निरिक्षण गराई समस्या समाधानका लागि पोखरेलले पहल थालेसँगै स्थानीय उत्साहित भएका छन् । ‘जबसम्म स्थानीय समस्या र जमिनमाटो चिनेको जनप्रतिनिधि चुनिँदैन तबसम्म आफ्नो क्षेत्रमा केही नहुने रहेछ भन्ने कुराको अनुभूती भयो ।’ स्थानीय रमेश सिंहले भने,‘अब हाम्रो समस्या बुझेको जनप्रतिनिधि आएपछि काम चाँडै सम्पन्न हुन्छ भन्ने आश जागेको छ ।’

यतिबेला हुलाकी राजमार्गको रंगेली–चौकीघाट सडक निर्माण कार्यले तीब्रता पाएको छ । हुलाली सडक आयोजना कार्यालयले यसै आर्थिक वर्षको अन्त्यसम्ममा कालोपत्रे सडक सम्पन्न गर्नेगरी काम अघि बढेको जनाएको छ । ‘हामीलाई यस सडकको विषयमा दिनहु फोनहरु आइरहन्थ्यो ।’ आयोजना प्रमुख थापाले भने,‘अहिले फिल्डमा काम पनि भइरहेको छ । हामी काम सम्पन्न गर्ने दृढ संकल्पका साथ लागि परेका छौँ ।’

सोही सडकमा पर्ने रतुवा खोलकोको अधुरो पुलको काम समेत अब सुरु हुने भएको छ । सो पुलको काम आगामी पुस अन्तिम वा माघको पहिलो सातदेखि सुरु हुने जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५