खबर पूर्वाञ्चल
आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट विनियोजन गरेको बताए । उनले चालु खर्चका लागि १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार ४६ दशमलव २९ प्रतिशत चालूतर्फ र पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३ दशमलव ७१ प्रतिशत विनियोजन गरिएको छ । यस्तै वित्तिय व्यवस्थापन तर्फ ४ करोड रुपैयाँ रहेको छ । यस्तै अन्तर सरकारी वित्त हस्तान्तरणका लागि रु। २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ ।
कुल बजेटकोमा चालु खर्च ४६ दशमलव २० प्रतिशत छ । पूजिगत तर्फ ५३दशमलव ७१ प्रतिशत बजेट छुट्याएको छ ।
सरकारले चार अर्ब ४७ करोड आन्तरिक स्रोतबाट आउने अनुमान गरेको छ । राजस्व बाडफाडबाट १० अर्ब ३ करोड, अनुदानबाट १५ अर्ब ११ करोड, चालु वर्षको ६ अर्ब मौज्जाद र ५ अर्ब संघिय सरकासँग ऋण लिएर व्यवस्थापन गर्ने सरकारको अनुमान छ ।
आगामी बजेटको लागि संघीय सरकारबाट प्राप्त हुने स्रोत मात्र संकुचन भएको छैन चालू आर्थिक वर्षमा प्रदेशको राजश्व संकलन पनि प्रभावित भएको छ । प्रदेश सरकारले ३ अर्ब ८६ करोडको आन्तरिक राजस्व उठ्ने अनुमान गरेकोमा त्यो सवा अर्बमा खुम्चिएको छ ।
तपाईको प्रतिक्रिया